प्रहरी र सेनाले ग¥यो सम्पर्कविहीन भारतीय पर्यटकको हेलि उद्दार

जोमसोम—राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग अन्तर्गत मनाङबाट मुस्ताङतर्फ ट्रेकिङ पदयात्रा गर्दै गरेका दुई भारतीय पर्यटकको बिहिबार हेलिकोप्टर मार्फत सकुशल उद्दार गरिएको छ ।
१० जना भारतीय पर्यटक र ६ जना पथप्रर्दशक भरियासहित १६ जनाको टोली मनाङ र मुस्ताङको सीमाक्षेत्र थोरङ्लापास हुँदै मुक्तिनाथ आउने क्रममा प्रतिकुल मौसमका कारण टोली मध्ये २ जना भारतीय बुधबार दिउँसो सम्पर्कविहीन भएका थिए । उनीहरुको सुरक्षा निकायको समन्यमा हेलि मार्फत सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
काठमान्डौंस्थित हिमालयन ओन्ड्रस ट्रेनिङ एजेन्सी मार्फत ७ जना पुरुष र ३ जना महिला भारतीय पर्यटकसहित १६ जनाको टोली मनाङ हुँदै मुस्ताङ झर्ने क्रममा मुस्ताङको वारागुुङ मुक्तिक्षेत्र—२ मा पर्ने मनाङ र मुस्ताङको सीमाना थोरङ्लापासमा टोली मध्ये टोनी पार्रमर र अमनज्योति पार्रमर प्रतिकुल मौसमका कारण सम्पर्कविहिन भएका थिए । उनीहरु दुबै श्रीमान ÷श्रीमती हुन् । दुबै जना भारतस्थित मुम्बईका नागरिक हुन् ।
प्रतिकुल मौसमका कारण थोरङ्लापासमा सम्पर्कविहीन भएका दुई भारतीय पर्यटकलाई खोजतलास गरिदिन बिहिबार बिहान ५ बजेर ३० मिनेट जाँदा ईलाका प्रहरी कार्यालय मुक्तिनाथलाई सूचना गरिएको थियो । भारतीय पर्यटक सम्पर्कविहीन भएको सूचनापछि जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी भोजराज पाण्डेयको कमाण्डमा ७ जनाको प्रहरी टोली ,ईलाका प्रहरी कार्यालय मुक्तिनाथबाट प्रहरी सहायक निरीक्षक गिरुप्रसाद पौडेलको कमाण्डमा २ जना प्रहरी टोली र नारायण दल गण जोमसोमबाट चिकित्सकसहित खटिएको १५ जनाको सुरक्षा टोली उद्दारमा खटिएको थियो । यसमा सुरक्षाकर्मीको टोलीसहित ट्रेकिङ पदयात्रामा सम्मिलित ३ जना पथप्रर्दशक टोली समेत उद्दारमा खटिएको थियो ।
सोमबार दिउँसो देखि सम्पर्कविहीन रहेका दुई भारतीय पर्यटकलाई मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—२ स्थित थोरङ्लापासको तल टी—सपको छाप्रोमा खोजतलास गर्दा सकुशल फेला परेका थिए । सम्पर्कविहीन भारतीय पर्यटक श्रीमान टोनी पार्रमर र श्रीमती अमनज्योती पार्रमरलाई प्रहरी र नेपाली सेनाको समन्वयमा त्यहाँबाट उद्दार गरी एअर डाईनेष्टिकको हेलिकोप्टर मार्फत जोमसोम हुँदै काठमान्डौं उद्दार गरिएको मुस्ताङका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।





रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया