गीता जुम्बामा कानुनी सचेतना

पोखरा ।
गीता जुम्बा क्लासको आयोजनामा कानुनी सचेतना कार्यक्रम भएको छ । बुधबार आयोजित कार्यक्रम उद्घाटन गर्दै रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारीले शासनमा महिला, आसनमा महिला र भाषणमा महिला भन्ने नारालाई सार्थकता तुल्याउन आआफ्नो स्थानबाट सबैजना लाग्नुपर्नेमा जोड दिइन् ।
महिलाहरुले कानुनी विषय र अधिकारको विषयमा जानकारी हुनुपर्नेमा अधिकारीको जोड थियो । ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष कमल सापकोटाले कानुनी सचेतना तालिम श्रमिक क्षेत्रमा पनि आवश्यक रहेको औंल्याए ।
अधिवक्ता सीता भट्टराई, गृह श्रमिक संघका केन्द्रीय प्रतिनिधि मीरादेवी आचार्य, हातेमालो आमा समूह उपाध्यक्ष जमुना पौडेल, नागढुंगा आमा समूह उपाध्यक्ष कमला श्रेष्ठ, एयरपोर्ट टोल विकास संस्थाका वरिष्ठ उपाध्यक्ष संगीता तिमिल्सेना लगायतले बोलेका थिए । गीता जुम्बा क्लासका अध्यक्ष गीता पंगेनी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गौरी पौडेल र सञ्चालन अस्मिता लम्सालले गरेका थिए । तालिममा ४५ जना सहभागी थिए । अधिवक्ता सीता भट्टराईले तालिम सहजीकरण गरिन् ।
पोखरा महानगरपालिका वडा नम्बर १३ का जनप्रतिनिधि सुचिता तामाङ, ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष कमल सापकोटा, गृह श्रमिक संघका केन्द्रीय प्रतिनिधि मीरादेवी आचार्य, हातेमालो आमा समूह उपाध्यक्ष जमुना पौडेल, नागढुंगा आमा समूह उपाध्यक्ष कमला श्रेष्ठ, एयरपोर्ट टोल विकास संस्थाका वरिष्ठ उपाध्यक्ष संगीता तिमिल्सेना, प्रगति आमा समूहका संस्थापक अध्यक्ष गौरी पौडेल, ट्रेड युनियन कांग्रेसका कार्यालय सचिव अनिता देवकोटालाई कार्यक्रममा सम्मान गरिएको थियो ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया