सार्दीखोला समितिमा गुरुङ

पोखरा ।
सार्दीखोला पोखरा सम्पर्क समितिको चौथो अधिवेशन तथा १३ औं वार्षिक साधारण सभा पोखरामा भएको छ । अधिवेशनले बमबहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा लोकनाथ आचार्य, द्वितीय उपाध्यक्ष मनसुबा गुरुङ, सचिव अनिल गुरुङ, सहसचिव धनबहादुर गुरुङ र कोषाध्यक्षमा भोजराज आचार्य चयन भएका छन् ।
कार्यसमितिका सदस्यमा शेरबहादुर गुरुङ, आशकुमारी गुरुङ, कमला गुरुङ, तेजबहादुर गुरुङ, हिराबहादुर घले, ईन्द्रकाजी गुरुङ, हर्कबहादुर गुरुङ, लीलाबहादुर क्षत्री र दुर्गालक्ष्मी गुरुङ सर्वसम्मत बने । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले सार्दीखोला पोखरा सम्पर्क समितिले गरेका काम प्रशंसनीय रहेको बताए ।
सम्पर्क समितिका अध्यक्ष बमबहादुर गुरुङको अध्यक्षतामा भएको समारोहमा माछापुच्छ्रे गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष गणेश आचार्य, माछापुच्छ्रे माविका प्रधानाध्यापक सन्तोष आचार्य, सम्पर्क समितिका सल्लहाकार समिति संयोजक अम्बरबहादुर गुरुङ, सदस्य मित्रलाल आचार्य र प्रथम उपाध्यक्ष लोकनाथ आचार्यले सम्पर्क समितिले शैक्षिक र सामाजिक क्षेत्रमा पुर्याएको भूमिकाको चर्चा गरेका थिए ।
अधिवेशनमा अध्यक्ष गुरुङको समितिको प्रतिवेदन र कोषाध्यक्ष भोजराज आचार्यले पेश गरेको आर्थिक प्रतिवेदन पारित भएको सचिव अनिल गुरुङले जानकारी दिए ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया