प्रश्नपत्र आउट गर्ने शिवशक्ति माविका दुई शिक्षक धरौटीमा छुटे

पोखरा ।
कक्षा १२ को प्रश्न पत्र आउट गरेको आरोपमा पक्राउ परेका तीन जनालाई कास्की जिल्ला अदालतले छोड्न आदेश दिएको छ । अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले बुधबार तीन जना मध्ये दुई जनासँग धरौटी माग र एक जनालाई साधारण तारिखमा छाड्न आदेश भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
पोखरा ११ फूलबारी बस्ने ३९ वर्षीय नारायण बास्तोला र सोही ठाउँका ३७ वर्षीय रामचन्द्र बास्तोला वैशाख १७ गते पक्राउ परेका थिए । जिल्ला अदालतले उनीहरुसँग १०/१० हजार धरौटी माग गरेको छ । पूजन बास्तोलालाई भने साधारण तारिखमा छाड्न आदेश दिएका सूचना अधिकारी अधिकारीले जानकारी दिए । पूजनलाई प्रहरीले केही दिनअघि मात्र पक्राउ गरेको थियो । दुई शिक्षक शिवशक्ति माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए । पूजन शिक्षक हुन् वा विद्यार्थी खुलाइएको छैन ।
वैशाख १६ गते आइतबार बिहान ९ बजे पोखरा ११ फूलबारी स्थित शिवशक्ति माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट आउट गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए । विद्यालयमा सञ्चालन भइरहेको प्रश्न पत्र परीक्षा अगावै आउट गरेको सूचना पाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरुले प्रश्न पत्र आउट गरेको उजुरी गण्डकी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रामबजारमा परेको थियो । प्रहरीले उनीहरुको साथबाट कक्षा १२ को थप उत्तर पुस्तिका ८ थान र मोबाइल फोन ३ थानसहित नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएर शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत बुझाइएको थियो ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया