‘गिद्ध र लाटोकोसेरो मान्छेका मित्र’

पोखरा ।
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस पोखराका संरक्षणकर्मीले समेत मनाएका छन् । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको आयोजनामा बिहीबार गिद्ध र लाटोकोसेरोबारे विद्यार्थीलाई प्रशिक्षण दिइएको छ ।
विन्ध्येश्वरी माध्यमिक विद्यालय पोखरा १९ का विद्यार्थीलाई संरक्षणकर्मी कृष्णमणि बरालले प्रशिक्षण दिएका हुन् । बरालले विश्वमा २३ प्रजातिका गिद्ध पाइनेमा नेपालमा ९ प्रजातिका गिद्ध रहेको जनाए ।
उनले भने, ‘नेपालमा पाइने ९ प्रजातिकै गिद्धमध्ये सबै पोखरामा पाइन्छन् । तर विविध कारणले गिद्धको संख्या भने घटिरहेको छ ।’ गिद्ध, लाटोकोसेरो जस्ता पंक्षी मानिसका लागि लाभदायक भएको उनले औंल्याए ।
प्राकृतिक कुचिकार, गिद्ध रेस्टुरेन्ट डाइक्लोफेनेक लाटोकोसेरोका २३ प्रजाति नेपालमा पाइन्छ । संसारभर २३ प्रजातिका गिद्ध पाइने गरेको छ । जसमध्ये १४ सङ्कटको सूचिमा रहेको छ । नेपालमा नौ प्रजातिका गिद्ध पाइने गरेका छन् जसमध्ये ६ रैथाने रहेका छन् ।
विश्वमा लोप हुने खतरामा रहेको गिद्धका पाँच प्रजाति नेपालमा पाइने गरेको गिद्ध संरक्षण कार्ययोजनामा उल्लेख गरिएको छ ।डाइक्लोफेनेक युक्त आहार खाएर गिद्धको मिर्गौला खराब भई मृत्यु हुने गरेको नेपालका ७७ जिल्ला डाइक्लोफेनेक मुक्त घोषणा भएका छन् ।
काठमाडौं जिल्लालाई कात्तिक २३ गते डाइक्लोफेनेक मुक्त घोषणा भएसँगै देशका सबै जिल्ला मुक्त घोषणा भएका हुन् । गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ सालदेखि डाइक्लोफेनक उत्पादन, आयात, बिक्री र प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया