ताल संरक्षणमा सरकारको खै ध्यान ?

पोखरा ।
पाँच दशक अघि फेवाताल संरक्षण गर्न पोखरा उपत्यका नगर विकास गुरु योजनाले फेवाताल संरक्षण निर्देशिका तयार गरेको थियो । निर्देशिका अनुसार लेकसाइडको बाराहीघाटदेखि गैह्राको चौतारा सम्म दुई सय फिट सम्म संरचना बनाउन नपाउने निर्णण भएको थियो । तर पाँच दशक बित्दा पनि फेवाताल संरक्षणमा भएका प्रयासहरु ज्युँका त्युँ छन् । २०३३ देखि कति संरचना थपिए र कति अझै थपिँदै छन् ।
सरकार निरही बन्दा फेवाताल माथिको अतिक्रमण नरोकिएको उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछानेले बताए । सर्वाेच्च अदालतबाट फेवातालको मापदण्ड ६५ मिटर कायम राख्न दुई पटक आदेश दिएको भए पनि तिनै तहका सरकारले कार्यान्वयन गर्न नसकेको लामिछानेले आरोप लगाए ।
पोखरामा बिहीबार ताल संरक्षण तथा व्यवस्थापन गोष्ठी भएको छ । संयुक्त राष्ट्र संघीय विकास नियोग (युएसएआइडी) जल जंगलको आयोजनामा सरोकारवालासँग अन्तक्र्रिया भएको हो ।
कार्यक्रममा बोल्दै लामिछानेले जग्गाधनीले पनि अदालतको आदेश स्वीकार गर्नुपर्ने, सरकारले पनि उचित मुआब्जा दिएर व्यवस्थापन गर्नुपर्ने तर्क राखे ।
‘तालको सिमांकन गर्ने समयमा पानी भित्रको भाग र ताललाई आवश्यक पर्ने जग्गाका आधारमा गरिएको थियो,’ उनले भने ‘बेगनास ताल र रुपातालको सिमांकनमा फेवातालसँग तुलना गर्नु जायज छैन ।’
खास्टे न्युरेनी ताल संरक्षण समितिका उपाध्यक्ष इन्दु पौडेल लामिछानेले पोखरा २६ मा रहेको खास्टे तालमा माछापालन गर्न वडाले रोक लगाएको सुनाइन् । उनका अनुसार उनीहरुले २०७९ चैतमा तालमा माछाका भुरा छोडेका थिए । त्यसको ७ महिना पनि नपुग्दै वडाले माछा निकाल्न पत्रमार्फत दवाव दिएको थियो ।
‘ताल लोप हुनबाट हामीले जोगाएका हौं, अहिले वडाले हामीलाई नै तालमा माछा नराख्न भनेको छ । २४ लाख लगानी डुब्ने डर छ । माछापालन नगरेमा तालको संरक्षण हुने हो र ? इन्दुले प्रश्न गरिन् ।
बेगनासताल वरपरका मापदण्डभित्रका संरचना अधिग्रहण भएपनि व्यक्तिले प्रयोग गरिरहेको बेगनास ताल संरक्षण समितिका सल्लाहाकार राममणी अधिकारी बताए । २०४५ सालमा बेगनास ताल वरपरका संरचना जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीले अधिग्रहण गरेको थियो ।
ताल संरक्षण गर्न सरकारी कार्यालय, गैरसरकारी कार्यालय र व्यक्तिले गरेर १०/१५ लाख रकम जम्मा भएको उनले जनाए । त्यो रकम २०५६ सालतिर लेखनाथ नगरपालिका प्रमुख शालिग्राम पौडेल र लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संयुक्त रुपमा राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरिएको थियो । त्यो रकमको अवस्था खुलाउनुपर्ने माग राख्दै त्यसलाई प्रयोगमा ल्याउन उनले आग्रह गरे ।
माछापुच्छ्रे विकास संघ कास्कीका सचिव दिलबहादुर भट्टराईले तालको उचित प्रयोग गर्न सकेमा आर्थिक तथा पर्यटन व्यवसायमा फड्को मार्न सकिने उल्लेख गरे । रुपालतालमा माछापालन गरेर वार्षिक डेढ करोड भन्दा बढी आम्दानी भएको बताउँदै फेवातालको क्षमता १०/१२ करोड रहेको उनले जनाए ।
अन्तक्र्रियामा पोखराभित्रका ९ तालका प्रतिनिधि, ताल संरक्षण सरोकारवालाहरु गरी ५७ जना सहभागी थिए । ९ वटै ताललाई जोड्ने सडक निर्माण गर्न सकेमा तालको संरक्षण हुनुका साथै पर्यटन व्यवसायमा टेवा पुग्ने उनीहरुले सुझाए । ताल संरक्षणका चुनौती, समस्या स्थानीयसँग छलफल गरेर काम गर्दा बढि प्रभावकारी हुने उनीहरुको भनाइ छ ।
(युएसएआइडी) जल जंगलका मानबहादुर विकले कार्यक्रमको बारेमा जानकारी दिएका थिए । ताल संरक्षण तथा विकास प्राधिकरण पाेखराका कार्यकारी प्रमुख शम्भुकुमार मिश्रले याेजना नबनाइ काम गर्दा प्रभावकारी नहुने तथा प्राविधिक सहयाेग विना तालकाे संरक्षण सम्भव नभएकाे बताए ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया