पेमा धेछेनलिङ गुम्बामा बुद्ध जयन्तीमा प्रवचन हुने

पोखरा ।
२५६८ औं बुद्ध जयन्ती एवं सागा दावा तिथिको अवसरमा धार्मिक प्रवचन कार्यक्रम हुने भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनमा जेठ ५ गते शनिबार धार्मिक प्रवचन हुन लागेको हो ।
पेमा धेछेनलिङ गुम्बा लेकसाइड खहरेमा हुने प्रवचनमा गुरुङ लामा संघ नेपालका अध्यक्ष धर्म गुरु खेन्पो शिर लामा र पञ्चासे बिहारको संस्थापक लामा मीन गुरुङबाट बुद्ध जीवनी र प्रज्ञा पारमिताको विषयमा धर्मदेशना हुने बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए । पूजा तथा बत्ती बाल्ने कार्यक्रम बिहान ६ बजे बाटै हुनेछ । कार्यक्रमको औपचारिक सुरुआत भने बिहान सवा ७ बजे हुने तामाङले जानकारी दिए ।
बुद्ध जयन्ती मूल समारोह समिति कास्कीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बैदाम तामाङ सेवा समाजले धार्मिक प्रवचन कार्यक्रम आयोजना गर्न लागेको हो । शनिवार हुने पवित्र धार्मिक कार्यक्रममा विशेष गरी बुद्धको ज्ञान, प्रवचन, श्रवण गर्न र प्रसाद ग्रहण गरी धर्मको लाभ लिनका निमित्त सम्पूर्ण बुद्धधर्मवलम्बीहरुलाई उपस्थितिको आयोजकले आह्वान गरेको छ ।








न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया