संगम सहकारीको स्थापना दिवस

पोखरा ।
संगम बचत तथा ऋण सहकारी संस्थाले २१ औं स्थापना दिवसमा विभिन्न बिधामा उत्कृष्ट सदस्यलाई सम्मान गरेको छ ।
कार्यक्रममा दीर्घकालीन बचतमा सम्झना पौडेल गौतम, ज्येष्ठ सदस्य बचतमा श्यामकुमार कुँवर, दैनिक बचतमा पदमराज लम्साल, बाल बचतमा जेशन विश्वकर्मा, ऋण कारोबारीमा रुकमाया कुँवर र सुझावकर्तामा हरिहर पराजुली सम्मानित बने । यस वर्षको उत्कृष्ट सञ्चालक धनराज पुरी, उत्कृष्ट उपसमिति संयोजक/सदस्य तिलक थापा र उत्कृष्ट कर्मचारी धनमाया दुरा छानिए ।
कार्यक्रमका पोखरा महानगरपालिका लेखा समिति सदस्य एवं १५ नम्बर वडा सदस्य बलराम पौडेलले संगम सहकारी वडा नम्बर १५ कै गर्व गर्न लायक संस्था भएको बताए । संगमका लेखा संयोजक भोविन्द्र गिरीले संस्थाका सबै काम पारदर्शी भएकोमा खुसी व्यक्त गरे ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा हरि पौडेलले दुखाइ रोग भएको जनाउँदै यो उपचार गरे निको हुने जनाए । नवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा निरज थापा, बुद्धिमान थापा, धनराज पुरी, बृहस्पति अधिकारी, खडानन्द तिमिल्सिना, संगिता केसी र हरिहर पराजुलीले बोलेका थिए । सो अवसरमा स्वस्थ्य सचेतना कार्यक्रमसमेत भएको छ ।








न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया