फिस्टेल एसइई कप ७ गतेबाट

पोखरा ।
पोखरा १७ तल्लो बिरौटामा अवस्थित फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले जेठ ७ गतेबाट ९ गतेसम्म फिस्टेल एसइई कप २०८१ सञ्चालन गर्ने भएको छ । एसइई परीक्षा २०८० मा सहभागी भएका विद्यार्थीलाई लक्षित गरी प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
प्रतियोगितामा छात्रतर्फ सेभेन ए साइड फुटबलमा ३३ समूह छन् । फुटबलमा छात्रातर्फ ३/३ र बास्केटबलमा ६ समूह सहभागी हुने छन् । प्रतियोगिता विद्यालयकै खेल मैदान तल्लो बिरौटा, पोखरा १७ मा सञ्चालन हुनेछ । औपचारिक उद्घाटन जेठ ७ गते हुने भए पनि ५ गते शनिबारबाट नै खेलहरू सञ्चालन हुने छन् ।
२०५१ सालमा स्थापना भएको यस विद्यालयले पोखरा र समग्र राष्ट्रिय स्तरमा नै गुणस्तरीय शिक्षाका माध्यमबाट अब्बल साबित गर्दै आएको छ । एसइई २०७९ मा ४ जिपिएसहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको थियो ।
फिस्टेल आईबी पिवाईपी प्रस्तावित विद्यालयसमेत हो । शैक्षिक गुणस्तरका साथै विद्यार्थीको शारीरिक एवं संवेगात्मक विकासका लागि यस विद्यालयले अतिरिक्त क्रियाकलापलाई निकै सशक्त रूपमा अगाडि बढाउँदै आएको छ ।
गत मङ्सिरमा विद्यालय स्तरको प्रतियोतिाअन्तर्गत निकै ठूलो पुरस्कार राशि रहेको ‘फिस्टेल स्पोर्ट फेस्ट २०८०’ सम्पन्न गरेको विद्यालयले यस पटक भने प्रथम र द्वितीय पुरस्कारका रूपमा फुटबलतर्फ क्रमशः नगद १५ र १० हजार तथा बास्केटबलतर्फ क्रमशः १० र ५ हजार नगदका साथमा प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गर्ने छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया