गण्डकी विश्वविद्यालयका कुलपति गुरुङ १ लाखसहित सम्मानित
समाधान संवाददाता
२०८१ जेठ ६ गते ११:१८

पोखरा ।
तमु धिं नेपालले गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङलाई नगद १ लाख ११ हजार ११ रुपैयाँसहित सम्मान गरेको छ । संस्थाको ४० औं स्थापना दिवसको अवसरमा शनिबार भएको कार्यक्रममा गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी, संस्थाका अध्यक्ष हुम तमु लगायतले उनलाई सम्मान गरे ।
संविधानसभा सदस्यसमेत रहेका प्राडा गुरुङले नेपालको शिक्षाको क्षेत्रमा उल्लेख्य योगदान गरेका छन् । स्याङ्जाको आँधिखोला १, सिरुवारी घर भएका उनी त्रिवि समाजशास्त्र मानवशास्त्र केन्द्रीय विभागका पूर्व प्रमुख, राष्ट्रिय शिक्षा आयोगका पूर्व सदस्य, विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्षसमेत हुन् । शनिबार सरसफाइ, रक्तदान, शुभकामना आदानप्रदान, बधाई ज्ञापनसहित विविध सांस्कृतिक कार्यक्रम भएका छन् ।
सम्बन्धित








न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया