७२ जनाको बाथ रोग जाँच

समाधान संवाददाता २०८१ जेठ ६ गते १२:१४

पोखरा ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) महिला कमिटी गण्डकी र लायन्स क्लब अफ पोखरा स्टार ग्लोरीले संयुक्त रुपमा बाथ रोगसम्बन्धी निशुल्क रगत परीक्षण तथा सचेतनामूलक कार्यक्रम गरेका छन् ।

Advertisement


नेसनल बाथ रोग सेन्टर मुस्ताङचोक पोखराको प्राविधिक सहयोगमा भएको शिविरमा ७२ जनाको स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष संगीता पाण्डेले जानकारी दिइन् । कार्यक्रममा जिफन्ट संसदीय तथा स्थानीय तह संयोजन प्रमुख मिना गुरुङले महिलाले समाजमा धेरै गणना हुने काम गरेको बताइन् ।


उनले आर्थिक रुपमा सबल बन्न नसकेका श्रमिकको लागि शिविरले सहयोग पुगेको उल्लेख गरिन् । स्वास्थ्य नै धन र स्वास्थ्य नै समृद्धि भएको चर्चा गर्दै उनले स्वस्थ शरीर भएमात्र समाजका योगदान गर्न सकिने जानकारी दिइन् ।


लायन्स क्लब अफ ३२५ आईका निवर्तमान गभर्नर रामबहादुर बसेलले बेलैमा रोग पहिचान गर्न स्वास्थ्य शिविर र सचेतना कार्यक्रमको महत्व हुने बताए । जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले मानव जीवनका लागि स्वास्थ्यको ठूलो महत्व भएको उल्लेख गरे । उनले श्रमिकको हक अधिकार, आन्दोलन हडतालका अलवा स्वास्थ्यलाई ध्यान दिन श्रमिकलाई आग्रह गरे ।


बाथ रोग विशेषज्ञ डा स्वीकृति श्रेष्ठले २ सयभन्दा बढी बाथ रोग पत्ता लागेको जानकारी दिइन् । उनले युरिक एसिडलाई आम बाथ रोगको रुपमा लिइने उल्लेख गरिन् ।

Advertisement


कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य पम्फा पहारी, जिफन्ट गण्डकी प्रदेश महिला कमिटी अध्यक्ष संगीता पाण्डे, सचिव ममता गौतम, लायन्स क्लबका जोन चियर पर्सन ज्ञानबहादुर राना, विद्या खनाल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया