
जोमसोम।
नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ (पिएस) ले माओवादी पार्टीलाई बिरालो एमालेलाई बाघको संज्ञा दिएका छन् ।
एमाले मुस्ताङको आठौं जिल्ला अधिवेशनको शनिबार जोमसोममा उद्घाटन गर्दै उपमहासचिव गुरुङले भने, ‘माओवादी पार्टी बिरालो हो, एमाले पार्टी बाघ हो र बाघ भनेको बाघ नै हो । बाघले मात्रै सबै परिस्थिति सामना गर्न सक्छ ।’
विगतमा एमाले जस्तो दाइ पार्टीलाई लत्याएर माओवादीले कांग्रेससँग कुम जोड्न पुगेको उपमहासचिव गुरुङले सुनाए ।
एकीकृत समावादी पार्टीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री बन्ने सपना देखेर पार्टी नयाँ पार्टी खोलेको गुरुङले बताए । ‘एमाले र एकीकृत समाजवादी पार्टीको नीति सिद्धान्त, संगठन र कार्यदिशामा फरक छैन, फरक दुई कुरामा मात्र छन्,’ उनले भने, ‘त्यो हो अध्यक्षको नाम र पार्टी पछाडिको शब्द ।’
महासचिव गुरुङले नयाँ उदाएको पार्टी रास्वपामा मुलुक बनाउने कुनै भिजन नभएको बताए । उनले रास्वपा पार्टी अमेरिकाको नेसनल फ्रिडम पार्टीको लोगो स्थापित गरेर नेपालमा खोलिएको पार्टी भएको टिप्पणी गरे ।
गुरुङले मुलुकको समृद्धि र विकासलाई गतिशील तुल्याउन एमालेमात्रै राष्ट्रको एक मात्र निर्णायक शक्ति भएको दावी गरे ।
उपमहासचिव गुरुङले कांग्रेस सरकार चलाउन नसक्ने पार्टी भएको बताए । ‘कांग्रेस लोकतन्त्रको वकालत मात्र गर्छ, व्यवहार देखाउन सक्तैन, एमाले लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छ,’ उपमहासचिव गुरुङले थपे, ‘एमाले देश र जनताको पक्षमा सोच्छ, तर काग्रेस पार्टी पुँजीपति वर्गको हितमा काम गर्छ, भ्रष्ट र तस्करीको पक्षपोषण गर्छ ।’
अधिवेशनमा एमाले सचिव गोकर्णराज बिष्टले संसदमा २ पटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अशिष्ट, अराजनीतिक र आपराधिक ढंगले नेपाली कांग्रेस प्रस्तुत हुन दुर्भाग्यपूर्ण भएको बताए । कांग्रेस लगायत केही दलले सरकारबाट बहिर्गमन हुनुपरेको पीडा संसदमा प्रस्तुत गरेको एमाले सचिव बिष्टको टिप्पणी छ ।
सचिव बिष्टले देशमा बर्सेनि ७ लाख युवा विदेश पलायन भइरहेको र स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्दै विदेश पलायन हुने क्रमलाई न्यूनीकरण गर्न आवश्यक रहेको बताए । देशको समग्र विकास र समृद्धिको खाका कोर्न एमालेले मिसन ८४ लाई आत्मसात गर्नुपर्नेमा जोड दिए ।
एमाले मुस्ताङको आठौं जिल्ला अधिवेशनलाई केन्द्रीय सदस्य चन्द्रमोहन गौचन, एमाले जिल्ला अध्यक्ष आशबहादुर थकाली, छेवाङ रिन्जिङ गुरुङ र एमाले जिल्ला उपाध्यक्ष रमेश गुरुङले सम्बोधन गरेका थिए ।
अधिवेशनको बन्दशत्र शनिबार साँझसम्म सुुरु हुन सकेको छैन । अध्यक्षका लागि सर्मिला गुरुङ, दीपक लालचन र विनोद बिसी आकांक्षी छन् । गुरुङ घरपझोङ गाउँपालिकाकी पूर्वउपाध्यक्ष हुन् भने बिसी अहिलेका जिल्ला सचिव हुन् । लालचन अहिलेका जिल्ला कमिटी हुन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया