बेगनास तालको संरक्षणसँगै पूर्वाधार विकास खाँचो

पोखरा ।
बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाले चौंथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारण सभाको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे ।
कार्यक्रममा मुख्यमन्त्री अधिकारीले बेगनास तालको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गरी महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउनुुपर्नेमा जोड दिए ।
धार्मिक पर्यटनको आँर्फैमा विशिष्ट महत्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री अधिकारीले बेगनास ताललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गर्न सकिने धारणा राखे । बेगनास र आसपासका क्षेत्रमा पूर्वाधार विकासका कामहरू अघि बढिरहेको बताउँदै उनले विकास क्रममा आइपर्ने समस्यासँग डराएर नभै समाधान गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुुवनाथ अधिकारीले लेखनाथ क्षेत्रका सात ताल मध्येको ठूलो बेगनास ताल जल सम्पदा, प्राकृतिक सुन्दरता, जैविक विविधता एवं साधन स्रोतका दृष्टिबाट महत्वपूर्ण सम्पदा भएको बताए ।
तालसँगै यहाँस्थित धार्मिक महत्वको बराह मन्दिरका साथै लक्ष्मी नारायण मन्दिरलाई समेटेर धार्मिक पर्यटकीय गन्तव्य बनाउने गरी पूर्वाधार निर्माण कार्य अघि बढीरहेको उनले जानकारी दिए । यस क्षेत्रको समग्र विकासका लागि २०७५ साल मंसिरमा सञ्चालित महायज्ञसँगै संकल्प गरिएका अधिकांश कामहरू सम्पन्न भएको बताउँदै उनले स्थानीयवासी, तीनवटै तहका सरकारसँगको समन्वय र सहकार्यमा यस क्षेत्रलाई महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य बनाउने सोच राखिएको जानकारी दिए ।
आगामी आर्थिक वर्षमा बेगनासताल क्षेत्र वरपरका धार्मिक शक्तिपीठ, मठमन्दिर , देवालय एवं गुम्बाको समग्र विकासका लागि गुरुयोजना सहतिको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माण एवम् आर्थिक सहयोगका लागि स्थानीय एवम् प्रदेश सरकार अनुरोध गर्ने कार्ययोजना रहेको उनले जानकारी दिए । बेगनासतालमा पर्यटकीय गतिविधि बढाउनका लागि आवश्यक पूर्वाधार विकासका लागि पहल गरिने उनको भनाइ छ ।
बेगनासतालको वरपर रिङरोड (पैदल मार्ग र साइक्लिङ मार्ग) निर्माण गर्दै पर्यटन प्रवद्र्धन गर्न सम्बन्धित निकायमा पहल गरिने उनले बताएए ।
पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष ढकनाथ कँडेलले पोखरा महानगरपालिका वडा नम्बर ३१ भित्रका धार्मिक सम्पदाको संरक्षणसँगै तिनीहरूको पूर्वाधार विकासलाई वडाले प्राथमिकतामा राखेको बताए ।
पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा.इन्द्रप्रसाद तिवारीले सबै किसिमको रोजगारीका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताए ।
लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, महासचिव जानुुका अधिकारी, नागरिक परोपकार समन्वय संस्थाका अध्यक्ष चिरञ्जीवी अधिकारी, बेगनासताल बराह महाआरती संयोजक राममणि अधिकारी, बराह मन्दिर निर्माण समितिका संयोजक सुरेन्द्र सापकोटा, पोखरा ३१ का निवर्तमान वडा अध्यक्ष कमलबहादुर थापा, शिव गोरक्षपीठ सिद्धाश्रमका अध्यक्ष भरतप्रसाद तिवारी, लेखनाथ होटेल तथा रेस्टुरेन्ट एसोसिएसनका अध्यक्ष वीरभद्र कँडेल लगायतले बेगनास बराह लगायत धार्मिक गन्तव्यलाई पर्यटनसँग जोड्नुुपर्ने आवश्यकता औंल्याए ।
संस्थाका अध्यक्ष ध्रुुवनाथ अधिकारीको अध्यक्षता एवम् सचिव शान्ति ढकालले सञ्चालन गरेको साधारणसभाले अध्यक्ष र सचिवको प्रतिवेदनका साथै उपाध्यक्ष मित्रलाल भण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया