पोखरा ६ मा घरेलु फोहोर व्यवस्थापन सामग्री वितरण

पोखरा ।
पोखरा महानगर पालिका वडा कृषि सञ्जाल पोखरा वडा नम्बर ६ ले घरेलु फोहोर व्यवस्थापन कौशिी करेसा खेती सहजीकरण तथा प्रांगारिक मल कम्पोस्ट बिन (डब्बा) तथा कुटो वितरण गरेको छ ।
पोखरा महानगर पालिका वडा नम्बर ६ मा स्थित आमा समूह, टोल विकास संस्था र स्थानीय संघ संस्थाका करिब २ सय ५ जना सदस्यहरुलाई शनिबार ती सामग्रीहरु वितरण गरिएको थियो । करिब १ लाख ५० हजार रुपैयाँ बराबरका कम्पोस्ट बिन, फलामे कुटो र प्रांगारिक मल वितरण गरिएको कृषि सञ्जाल बैदामका अध्यक्ष तथा २०८० का कौसी खेती क्विन भावना रानाभाटले बताइन् ।
कार्यक्रममा पोखरा महानगर पालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले घरबाट निस्कने कुहिने फोहोरलाई कम्पोस्ट मलको रुपमा कौसी र करेसा बारीमा प्रयोग गरी तरकारी उत्पादन गर्न प्रोत्साहन गरे ।
पोखरा महानगर पालिका कृषि शाखा प्रमुख मनहर कडरियाले घरबाट निस्कने कुहिने फोहोर फाल्नुभन्दा आफैले सदुपयोग गरेको राम्रो हुने विचार राखे ।
कौसी खेती क्विन तथा अध्यक्ष भावना रानाभाटले माटोको उर्वरा पनि बढाउने र कम पानीले पनि सिँचाइ गरी उत्पादन बढ्ने हुनाले सबैले कम्पोस्ट मल उत्पादन गर्नुपर्ने खाँचो औंल्याइन् । सहसचिव चन्द्रकला घिमिरे पहारीले बजारमा अर्गानिक उत्पादित वस्तुको माग धेरै भएको सुनाइन् ।
कार्यक्रममा उपाअध्यक्ष रामेश्वर न्यौपाने, पोखरा महानगरपालिका वडा नम्बर ६का वडा सदस्य तथा कृषि सञ्ञालका संयोजक बासु बराल, पोखरा महानगरपालिका वडा नम्बर ६ वडा सदस्य शोभा जलारी, कृषि सञ्जाल वडा न ७ अध्यक्ष पंकज पौडेल, नागरिक समाज कास्कीका पूर्वअध्यक्ष विष्णुहरि अधिकारी, अन्नपूर्ण आमा समूह बैदामका अध्यक्ष रेणु लामिछाने, सल्लाहकार गिरिराज अधिकारी र कौसी क्विन उप विजेता तथा कृषि सञ्जाल वडा नम्बर ८ संयोजक कान्ति अधिकारी लगायले बोलेका थिए ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया