वडा स्तरीय बुद्धिचाल प्रतियोगिता सकियाे

समाधान संवाददाता २०८१ जेठ ६ गते १६:२८

पोखरा ।
पोखरा महानगरपालिका वडा नं–६ बैदामको शनिबार सम्पन्न वडा स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि एकराज अधिकारीले जितेका छन । ४.५ अंक ल्याई उनी प्रथम हुन सफल भएका छन् । उनले सात हजार पाच सय प्रमाण पत्र र मेडल प्राप्त हात गरे ।

Advertisement


तालबाराही भुपु विद्यार्थी एशोसियसन पोखरा ६ बैदामको आयोजना, पोखरा ६ को आर्थिक सहयोग र कास्की जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हाे ।


पोखरा ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले पोखरालाइ पर्यटकीय राजधानी भएकोमा खुसी व्यक्त गरे । उनले पोखरालाई खेलकुदको राजधानी बनाउन सबै पोखरेली लाग्नुपर्नेमा जोड दिए । स्वस्थ्य हुन खेलकुद आवश्यक रहेकाले वडाले विभिन्न खेलकुद प्रतियोगिता गर्दै आएको उनको भनाइ थियो ।


ताल बाराही माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले विद्यार्थी एसोसियसनले विद्यालयका हरेक कार्यक्रममा सहभागिता जनाउँदै आएकोमा खुसी प्रकट गरे ।


राष्ट्रिय रेफ्रि तथा बुद्धिचाल संघका केन्द्रिय सदस्य महेश्वर अधिकारीले बुद्धिचाल खेल बल भन्दा पनि दिमाखले खेलिने भएकाले, चनाखो भइ खेल्न आग्रह गर्दै, खेलका नियम र मापदण्डका बारेमा प्रकाश पारेका थिए ।

Advertisement


विद्यार्थी एसोशियसनका कार्यबाहक अध्यक्ष खिमलाल पहारीको सभा अध्यक्षमा सम्पन्न कार्यक्रममा सदस्य गणेशराज पहारीले स्वागत मनतव्य राखेका थिए । सहसचिव ज्ञानेन्द्रराज कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए ।


प्रतियोगितामा ५२ जना खेलाडीहरु सहभागी थिए । खेल “ल अफ फिडेको” अन्तराष्ट्रिय नियम अनुसार खेल खेलाइको थियो । बेष्ट अफ फाइफको आधारमा गरिको, प्रतियोगितामा उत्तम पहारी, किरण रञ्जित, सुनिल बहादुर कोइराला र सुक प्रधानले चिफ आर्विटरको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा ४.५ अंक ल्याइ धमेन्द्र गिरि द्रोस्रो र ४ अंक ल्याइ शुनिल श्रेष्ठ तेस्रो भए । क्रमश उनिहरुलाई पाँचहजार दुईसय पचास र तिनहजार सात सय पचास रुपैयाँ सहित प्रमाण पत्र र मेडल प्रदान गरिको थियो ।


पन्ध्र वर्षमुनि केटातर्फ किस्मत जिसी प्रथम, लक्ष्य शाक्य दोस्रो र उज्जवल पहारी तेस्रो भए । केटीतर्फ सविना पोखरेल प्रथम, सुभेच्छा शाक्य दोस्रो र रस्मिता गुरुङ तेस्रो हुन सफल भए । उनीहरुलाई नगद, मेडल र प्रमाणपत्र दिइएकाे थियाे ।

तपाईको प्रतिक्रिया