लक्ष्मीनारायण टोलको सभा

पोखरा ।
लक्ष्मीनारायण टोल विकाश संस्था, पोखरा १३ आर्बाको साधारण सभा शनिबार सम्पन्न भएको छ । त्यस अवसरमा पोखरा महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले आगामी आर्थिक वर्षमा आर्वाका करिब ९० प्रतिशत सडकहरु कालोपत्रे गर्ने जानकारी दिए । उनले आफ्नो कार्यकालभित्र आर्बाको मुहार फेरिने गरी विकासको योजना अगाडि सारेको सुनाए ।
लक्ष्मीनारायण टोल विकास संस्थाका अध्यक्ष अशोक बरालले आफ्नो टोलमा एक वर्षको अवधिमा गरेका कामको विवरण प्रस्तुत गर्दै सडक बत्ती जडान, टोल सरसफाइ, मठ मन्दिर, कुवा चौतारीको मर्मत तथा निर्माण लगायत विभिन्न सामाजिक कामहरु गरिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभारण सभामा मोहरपानी आदर्श टोल विकास संस्थाका अध्यक्ष पत्रकार श्रीराम सिग्देलले टोल विकास संस्था र वडा कार्यालयबिच विकास निर्माण लगायत विभिन्न विषयमा समन्वय गरेर काम गर्ने वातावरण बनाउन आग्रह गरे । उनले आर्बाका धेरै भाग अझै पनि विकास निर्माणमा पछाडि परेको सुनाए ।
कार्यक्रममा लक्ष्मीनारायण टोल विकास संस्थाका पूर्व अध्यक्ष विष्णुप्रसाद बराल, संस्थाका सल्लाहकार वसन्त शर्मा अधिकारी, बास्थला गनगने पँधेरा खोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका निवर्तमान अध्यक्ष नरबहादुर बराल, लगायतले टोल विकास संस्थाहरुको भूमिका काम कर्तव्य अधिकारका विषयहरुमा आ आफ्ना धारणा राखेका थिए ।
साधारण सभामा कोषाध्यक्ष कृष्ण अधिकारीले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए । कार्यसमिति सदस्य रमा भुजेलले स्वागत तथा सचिव नवराज बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।
सो अवसरमा लक्ष्मीनारायण टोल विकास संस्था तथा प्रसिद्ध लक्ष्मीनारायण मन्दिर निर्माणमा योगदान पुर्याउने व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गरिएको थियो ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया