सेन्ट्रल गार्डनको अन्तर्क्रिया

समाधान संवाददाता २०८१ जेठ ६ गते १६:४५

पोखरा ।
लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसइई विद्यार्थीसँग अन्तर्क्रिया गरेको छ । क्लबले क्लबको पढाऔं अभियान अन्तर्गत वैशाख १२ गतेदेखि सञ्चालित उद्घोषण, नेतृत्व विकास, भाषणकला, प्रतिवेदन लेखन र आधारभूत कम्प्युटर तालिमका विद्यार्थीसँग सिकाइ उपलब्धिबारे अन्तरक्रिया गरेको हो ।

Advertisement


क्लबका संस्थापक अध्यक्ष हरि भाटले क्लबले हरेक वर्ष पढाऔं अभियान अन्तर्गत २ लाख बराबरको छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।


उनले क्लबले स्थापनाकालदेखि पढाऔं अभियान अक्षयकोष स्थापना गरी हरेक वर्ष एसएलसी दिएका सीमान्तकृत समुदायका छोराछोरीलाई निःशुल्क नेतृत्व विकासका साथै आधारभूत कम्प्युटरसहितका प्राविधिक सञ्चालन गर्दै आएको जानकारी दिए । अध्यक्ष भाटले क्लबले यस वर्ष पनि गण्डकी हाइटेक व्यवहारिक सीप विकास तालिम केन्द्रसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।

Advertisement


गौरीशंकर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले सिकाइमा अभ्यास जति धेरै उति निखारता आउने भएकाले धेरै भन्दा धेरै अभ्यासमा केन्द्रित रहन सुझाव दिए । उनले सिकेको सीपको व्यवहारिक जीवनमा सही प्रयोग नहुँदा सिकाइको अर्थ नहुने भएकाले विद्यार्थीलाई हरेक गतिविधिमा सक्रिय सहभागी हुन आग्रहसमेत गरे ।


लायन वर्ष २०२२÷२३ का अध्यक्ष तुल रानाभाटले क्लबले व्यक्तित्व र नेतृत्व विकास तालिम सामुदायिक विद्यालयका सबै विद्यार्थीलाई निःशुल्क सञ्चालन गरे तापनि आरक्षण कोटामा सञ्चालित कम्प्युटर तालिममा आगामी वर्षदेखि पुर्नविचार गरेर अगाडि बढ्ने बताए ।

Advertisement


तालिमका प्रशिक्षक असफल गौतमले क्लबप्रति धन्यवाद ज्ञापन गरे । अन्तक्र्रियामा विद्यार्थी शुभेच्छा ढकालले आफूलाई तालिमले धेरै व्यावहारिक र प्राविधिक ज्ञान आर्जन भएको बताइन् ।


सम्बोधी बज्राचार्यले कम्प्युटर सीपसहित व्यक्तित्व विकास तालिमले विद्यार्थीलाई एसएलसीपछिको प्रवेश परीक्षा पास गर्न पनि सहयोगी हुने बताए ।


सुजन कार्कीले क्लबको व्यवहारिक सीप र अभ्याससहितको कार्यक्रम निकै प्रभावकारी भएको बताए । स्नेहा परियार, अनिता नेपाली, युजन विक, समीक्षा सारु, सविना बुढामगर, सोनम गुरुङलगायतले तालिमबाट आफूमा आत्मबल बढेको धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया