जनसिद्ध विद्यालयमा रोटरीको दन्त शिविर

समाधान संवाददाता २०८१ जेठ ६ गते १६:४६

पोखरा ।
रोटरी क्लब अफ धुलिखेल, रोटरी क्लब अफ हर्भे बे सनराइज अस्ट्रेलिया, रोटरी क्लब अफ मध्यपुर र रोटरी क्लब अफ पोखरा लेकसाइडको संयुक्त आयोजनामा ३ दिने निःशुल्क दन्त शिविर बिहीबारदेखि सुरू भएको छ । वडा नम्बर २३ का वडा अध्यक्ष रामकाजी गुरुङले शिविरको उद्घाटन गरेका थिए ।

Advertisement


पोखरा महानगरपालिका वडा नम्बर २३ हर्पनस्थित जनसिद्ध आधारभूत विद्यालयमा शिविर सुरु भएको हो । शिविरमा पहिलो दिन एकसय भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो । धुलिखेल अस्पताल दन्त विभागको सहयोगमा सञ्चालन गरिएको शिविर शनिबार सम्पन्न हुने छ । शिविरमा डा. प्रतीक मरहठ्ठा, डा जितेन्द्र यादव, डा ओशा घिमिरे, डा लक्ष्मी पराजुली र अस्टे«लियाका डा निक ह्वाइटले शिविरमा दाँत परीक्षण तथा दाँत निकाल्ने कार्य गरेका थिए ।


शिविरमा विद्यालयका विद्यार्थी, कर्मचारी र स्थानीयको बाक्लो सहभागिता थियो । शिविरमा हर्पन, चयनपुर र ठूलेचौरबाट पनि स्थानीयको सहभागिता थियो । १ देखि कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा १० जना कर्मचारी रहेको विद्यालयका प्रधानाध्यापक लेखबहादुर क्षेत्रीले बताए । शिविरले उपस्थित सबैजना खुसी भएको प्रधानाध्यापक क्षेत्रीले सुनाए ।

Advertisement


विद्यालयका सहायक प्रधानाध्यापक विष्णुप्रसाद पराजुली र सूचना अधिकारी दीपकराज दाहालको पनि विद्यार्थी उल्लेखनीय नभएकाले कसरी विद्यार्थी बढाउने चिन्तामा रहेको सुनाए । रोटरी क्लब अफ धुलिखेलका पूर्व अध्यक्ष अशोक श्रेष्ठले विद्यालयमा राखिएको शिविरमा अस्टे«लियाका रोटरीको सहयोगले हामीलाई थप ऊर्जा मिलेको बताए ।


३० वर्ष अघिदेिख रोटरीमा सामाजिक कार्य गर्दै आएका अशोकले जानकारी दिए । शिविरको पहिलो दिन नै उल्लेखनीय सहभागिता भएको जहाँ ५० भन्दा बढी जनाको दाँत निकालिएको डा. प्रतीक मरहठ्ठाले बताए ।

Advertisement


७० वर्षको उमेरमा पहिलोपटक दाँत जाँच गर्न आएको स्थानीयवासीहरुको शिविरमा देखिएको खुसीको अनुहारले डा प्रतीकलाई पनि जीवनमा राम्रो पेसा रोजेका अनुभव आदनप्रदान गरे ।

डा जितेन्द्र यादव पनि पोखराको शिविरमा पोखरेली, रोटरी क्लब लेकसाइडले गरेका सत्कारले आत्मैदेखि खुसी भएको बताए । कीराले खाएको दाँत निकाल्ने अवसर मिलेकोमा शिक्षिका कृष्णकुमारी पराजुलीले रोटरीलाई धन्यवाद व्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया