विपद्का स्वरुप फेरिए

पोखरा ।
प्राकृतिक प्रकोप तथा मनसन जन्य विपद्का घटनालाई व्यवस्थापन गर्न नेपाल रेडक्रस सोसाइटी कास्कीले जिल्ला स्तरीय विपद् व्यवस्थापन पूर्व तयारी गोष्ठी गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ९ को वडा कार्यालयको सहयोग र नेपाल रेडक्रस सोसाइटी पोखरा ९ उपशाखाका व्यवस्थापनमा भएको गोष्ठीमा कास्कीका ४८ उपशाखाका प्रतिनिधिको सहभागिता छ ।
गोष्ठीमा रेडक्रस सोसाइटी कास्कीका कार्यालय प्रमुख मोहनसिंह खड्काले विपद् चक्र, रेडक्रसको खानेपानी परियोजनाका कार्यक्रम व्यवस्थापक कल्पना ज्ञवालीले उपशाखाको काम कर्तव्य र भूमिका र विपद् व्यवस्थापन समितिका संयोजक नवराज भण्डारीले विपद् व्यवस्थापनमा जिल्ला शाखाको तयारीको अवस्थाबारे सहजीकरण गरे ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डेले जलवायु परिवर्तनका कारण परेको असरले विपद्का घटनाका स्वरुप फेरिएको जानकारी दिए । ‘अव्यवस्थित बसोबासका कारण सहरी क्षेत्रहरु विपद्को उच्च जोखिममा छन्,’ उनले भने, ‘जलवायु परिवर्तन लगायतका कारण वैशाख महिनामा सेती बाढीको समाना गर्नु परेको छ । अतिवृष्टि र अनावृष्टिको सामना गर्नु परेको छ ।’ उनले नेपालले परम्परागतदेखि विभिन्न खालको विपद्को सामना गर्नु परेको उल्लेख गरे ।
विपद् व्यवस्थापनमा सहयोग गर्नुभन्दा हेर्ने र भिडियो बनाएर सेयर गर्ने जमात बढेको टिप्पणी
विगतका विपद्का घटनामा समुदायमा मानिस मिलेर व्यवस्थापन गर्ने परिपाटी भएको जानकारी दिँदै उनले अहिले व्यवस्थापनमा सहयोग गर्ने भन्दा पनि हेर्ने र भिडियो बनाएर सेयर गर्ने जमात बढेको टिप्पणी गरे ।
विपद् व्यवस्थापन रेडक्रसको कर्म क्षेत्रको अभिन्न अंग भएको जानकारी दिँदै उनले सबै काम मानव जीवनको सुरक्षा र मानवीय भएता पनि रेडक्रसको दायरा र भूमिका बढेको बताए । उनले विपद् व्यवस्थापन पूर्व तयारी गोष्ठीका लागि सहयोग गरेकोमा पोखरा ९ वडा कार्यालयप्रति आभार प्रकट गरे ।
पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले सबै राज्यका निकायले गर्नुपर्ने काम रेडक्रसले गरेको प्रतिक्रिया दिए । रेडक्रसले आफूलाई धेरै लगानी गरेकोले अहिले आएर ब्याज तिर्ने अवसर मिलेको उनले उल्लेख गरे । प्रत्येक वडामा विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गरेको जानकारी दिदै उनले बजेट सिलिङको १० प्रतिशत विपद् व्यवस्थापनमा खर्च गर्नुपर्ने व्यवस्था भएको बताए ।
नेपाल रेडक्रस सोसाइटी कास्की सभापति डण्डराज शर्मा पौडेलले मातहतका उपशाखालाई आमन्त्रण गरेर विपद् व्यवस्थापन पूर्व तयारीको गोष्ठी गर्ने रेडक्रसको प्रचलन रहेको जानकारी दिए । रेडक्रस विपद्को साथी भएको उल्लेख गर्दै उनले रेडक्रसकर्मीको क्षमता अभिवृद्धि गर्न सके विपद् व्यवस्थापनमा सहयोग पुग्ने चर्चा गरे ।
रेडक्रसको राहत उद्धारको काम कास्कीमा मात्र सीमित नहुने जानकारी दिदै उनले भूकम्पको बेलामा गोरखा, रुकुम र जाजरकोटमा राहत कार्यक्रम गरेको सुनाए । उनले अनुगमनको कामलाई प्रभावकारी बनाएर वास्तविक प्रभावितलाई मात्र सिफारिस गर्न मातहतका उपशाखालाई आग्रह गरे ।
कार्यक्रममा रेडक्रस कास्कीका उपसभापति तथा विपद् व्यवस्थापन समितिका संयोजक उर्मिला खड्का भण्डारीले विपद् पूर्व तयारी गोष्ठीपश्चात वडा स्तरमा तयारीका कार्यक्रम गर्न आग्रह गरिन् । उनले कास्कीका ५ पालिकामध्ये मादी र रुपामा पूर्व तयारीका काम गर्न बाँकी रहेको जानकारी दिइन् ।
रेडक्रसका कास्की शाखाका मन्त्री सुरेन्द्र गुरुङ, कोषाध्यक्ष सन्तोष अधिकारी, नेपाल रेडक्रस सोसाइटी पोखरा ९ उपशाखाका उपसभापति राममाया मानन्धर लगायतले विपद् व्यवस्थापनका लागि गर्नुपर्ने पूर्व तयारीको बारेमा बोलेका थिए ।
कार्यक्रममा विपद् व्यवस्थापनका लागि कोष स्थापनादेखि प्राकृतिक प्रकोप, दुर्घटना र विपतबाट प्रभावितको राहात तथा उद्धारका लागि रेडक्रस कास्की अन्तर्गतका उपशाखाको क्षमता मूल्यांकन गरिएको थियो ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया