इलामका व्यवसायी पोखरामा

पोखरा ।
पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुहरुको बजारीकरणका निम्ति सहकार्य गर्ने सहमति जुटेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय इलामको अगुवाइमा अध्ययनका निम्ति पोखरा आइपुगेको उद्योगी, व्यवसायीको टोलीसँगको अन्तरक्र्रिया कार्यक्रममा सो सहमति जुटेको हो । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले इलाममा उत्पादित वस्तुहरुको पोखराको बजारमा खपत हुने सम्भावना बढी नै रहेको बताए ।
पर्यटकीय क्षेत्रको पहिचान बनाएको इलाम र पोखराबीच पर्यटन प्रवद्र्धनमा पनि सहकार्य हुन सक्ने उनको भनाइ छ । पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले इलामले पछिल्लो समय पर्यटन उद्योगमा गरेको लगानी र प्रवद्र्धन सह्रानीय भएको बताए ।
घरेलु तथा साना उद्योग महासंघ इलामका अध्यक्ष दीनेश श्रेष्ठले उद्योगी/व्यवसायीलाई राज्यबाटै यो वा त्यो बहानामा दुःख दिइएको गुनासो गरे । घरेलु तथा साना उद्योग कार्यालय इलामका प्रमुख इलाम उत्पादकत्व बढी भएको जिल्ला भएको र त्यहाँ उत्पादित दुग्धजन्य परिकार र चियाको पोखरा राम्रो बजार हुनसक्ने बताए ।
पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष देवेन्द्र केसी र महासचिव बलराम आचार्य र संघ इलामका महासचिव हेमन्त गौतमले निजी क्षेत्रबीचको सहकार्य बढाउन राज्यले प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया