‘लन्डन टु पेरिस’को गीत सार्वजनिक

समाधान संवाददाता २०८१ जेठ ७ गते १३:०५

पोखरा ।
आगामी २५ जेठदेखि रिलिज हुन लागेको फिल्म ‘लन्डन टु पेरिस’को दोस्रो गीत ‘चाहन्छु यो माया’ सार्वजनिक भएको छ । पोखरेली घनश्याम लामिछाने निर्देशित यो फिल्मको रोमान्टिक गीत ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Advertisement


गीतमा साम्राज्ञी मुख्य कलाकार साम्राज्ञी शाह, निश्चल खड्का र गरिमा शर्मालाई फिचर्ड गरिएको छ । एसडी योगीको संगीत, राम अविरल विष्टको शब्द, योगी र नभिता पौडेलको आवाज रहेको गीतका लागि खिचिएका दृश्यले दर्शकलाई रोमाञ्चक बनाउँछ ।


प्रदीप भारद्वाजको पटकथा तथा संवाद रहेको फिल्म यात्राको क्रममा हुने प्रेम यसको कथावस्तु हो । फिल्ममा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ र मनीष गान्धीको पनि अभिनय छ । फिल्ममा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माणमा सहकार्य छ । एबी इन्टरनेसनलको प्रस्तुति रहेको फिल्मको निर्माण अमित बस्नेतले गरेका हुन् ।

Advertisement


जसमा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन् । सनिश खकुरेल र अजित केआर थापा सहनिर्माता हुन् । अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता हुन् । केही महिनाअघि लामिछाने निर्देशित ‘चित्रा’ आएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया