‘शिक्षा चिन्तन’ बजारमा

पोखरा ।
शिक्षा क्षेत्रमा कलम चलाइरहने डा. खगराज बरालको २२ औं पुस्तक शिक्षा चिन्तन बजारमा आएको छ । विद्यालय शिक्षाको प्राथमिक तहदेखि नेपाल सरकारको शिक्षा सचिवको पदीय जिम्मेवारी निर्वाह गरेका बरालको कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।
डा बरालको ‘शिक्षा चिन्तन’ तीन अध्यायमा विभक्त । पहिलो अध्यायमा प्राच्य दर्शन र शिक्षा, दोस्रो अध्याय आधुनिक शिक्षा र तेस्रो अध्याय योजना र नेतृत्वछन् । तीन अध्यायमा शिक्षासँग सम्बन्धित चौध विषयका विस्तृत लेखहरू रहेका छन् । पूर्वीय दर्शनदेखि आधुनिक शिक्षाका विश्वविद्यालय र विद्यालय शिक्षामा लेख यसमा छन् ।
शिक्षा क्षेत्रमा रुचि भएका सबैका लागि यो पुस्तक पठनीय छ । विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि यो पुस्तक उपयोगी देखिन्छ । पुस्तकको मूल्य ४ सय ९० रुपैयाँ छ । बराल गीतकार पनि हुन् । उनका दुई दर्जन गीत रेकर्ड भएका छन् ।









जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया