पोखरा १० मा विपद व्यवस्थापन अभिमुखीकरण
पोखरा ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाको आयोजनामा वडाभित्रका टोल विकास संस्था, आमा समूह लगायत संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा विपद व्यवस्थापन सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम भएको छ ।
पोखरा १० र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की विपत व्यवस्थापन समितिको विशेष सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष राजेश गुरुङले आफू र वडा नम्बर १० यस्ता कार्यक्रममा सधै सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा वडाभित्रका आमा समूह, टोल विकास संस्थाका प्रतिनिधि ७५ जानको सहभागिता थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका विपत व्यवस्थापन उपसमितिका प्रशिक्षक इन्जिनियर सागर गौतम, दीपकनाथ पौडेल र सुनीता भण्डारीले प्रशिक्षण दिए ।
उक्त प्रशिक्षण कार्यक्रम मा दीपकनाथ भण्डारीले आफ्नो मन्तव्य राखेको उक्त कार्यक्रम मा उपशाखा १० का उप सभापती पवित्रादेवी गुरुङले उपस्थित सबैलाई स्वागत गरेको कार्यक्रममा उपशाखाका सदस्य निर्मला श्रेष्ठले रेडक्रसका सात सिद्धान्त बाचन गरिन् ।
रेडक्रस सोसाइटी पोखरा १० उपशाखाका सभापति जीवन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव बिनप्रसाद गुरुङले सञ्चालन गरेका थिए ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया