पेमा धेछेन्लिङ गुम्बामा प्रवचन

समाधान संवाददाता २०८१ जेठ ८ गते १०:४४

पोखरा ।

Advertisement

२५६८ औं बुद्ध जयन्ती एवं सागा दावा तिथिको अवसरमा आयोजित धार्मिक प्रवचन सकिएको छ । पेमा धेछेनलिङ गुम्बामा गुरुङ लामा सघं नेपालका अध्यक्ष धर्म गुरु खेन्पो शिर लामाले बुद्ध जीवनी र प्रज्ञा पारमिताको विषयमा धर्मदेशना प्रवचन दिए ।


बुद्ध जयन्ती मूल समारोह समिति कास्कीको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत बैदाम तामाङ सेवा समाजले धार्मिक प्रवचन कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको सुरुवात धर्म गुरु खेन्पो शिर लामाद्वारा बत्ति (छुमे) बालेर तथा पोखरा महानगरपालिका वडा नं–६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले कोकोम्हेन्दोको फूल बर्साएर गरेका थिए ।

Advertisement


गुरु खेन्पो शिर लामाले बुद्धको जन्म र बुद्धत्वबारे विशेष प्रवचन दिएका थिए । कार्यक्रममा बुद्ध जयन्ती समारोह समिति अध्यक्ष क्याप्टेन चन्द्रप्रसाद गुरुङ, वडा नं ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराई, बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ, नेपाल तामाङ घेदुङ केन्द्रिय उपाध्यक्ष दीपक वाईवा, खहरे आमा समूहका अध्यक्ष शान्ति पहारी लगायतले बोलका थिए ।

कार्यक्रम बैदाम तामाङ सेवा समाजका सहसचिव रोश्मा तामाङले सञ्चालन गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया