कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न अदालतबाटै पुर्जी जारी

समाधान संवाददाता २०८१ जेठ ८ गते १३:१७

पोखरा ।

Advertisement

कान्तिपुर दैनिक पत्रिका लगायत मिडियाको सञ्चालक कम्पनी कान्तिपुर पब्लिकेशन प्रालिका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएको छ ।

श्रोतका गृहमन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो ।

धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको पुष्टी गरेका छन् ।

उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ । सिरोहियाविरुद्ध धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको थियो ।

Advertisement

सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएका थिए ।

पछिल्लो समयमा कान्तिपुर दैनिकले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी सम्बन्धि समाचार लगातार प्रकाशन गरिरहेको छ । अस्ति संसदमा बाेल्न बेलामा पनि गृहमन्त्री लामिछानेले घुमाउरो पाराले कान्तिपुर माथि खनिएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भए देखि नै साे पार्टीका अध्यक्ष लामिछानेले मिडिया मााथि आक्रामक बन्दै आएका छन् ।

तपाईको प्रतिक्रिया