सहारा आविमा चिल्ड्रेन नेपालको सहयोग

पोखरा ।
पोखरा–९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा बालबालिकाको क्षेत्रमा लामो समयदेखि कार्यरत संस्था चिल्ड्रेन नेपालले १ थान रंगीन प्रिन्टर हस्तान्तरण गरेको छ ।
विद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको धारण चिल्ड्रेन नेपालका कार्यकारी अधिकृत डिल्ली शर्मा पौडेलले व्यक्त गरे । सोही क्रममा उनले विद्यालयका ४६ बालबालिकाहरुलाई सो संस्थाले सहयोग गरिरहेको पनि जानकारी गराए ।
विपन्न तथा अव्यवस्थित वस्तीका २७० विद्यार्थी अध्ययन गर्ने विद्यालयमा विद्यालयको कार्यालय सञ्चालन तथा शैक्षिक सामग्री निर्माणमा प्रिन्टरको भूमिका अमूल्य हुने समेत अपेक्षासमेत व्यक्त गरे ।
विद्यालयका सल्लाहकार तथा सहारा क्लबका वरिष्ठ उपाध्यक्ष एवं कालिका माविका शिक्षक पूर्णबहादुर गुरुङलाई निम्न माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा भएको अवसरमा विद्यालयले वधाई तथा शुभकामना पनि व्यक्त गरेको थियो । उक्त अवसरमा गुरुङले यस विद्यालयमा स्थापनाकालदेखि जोडिएर विभिन्न हिसाबले काम गर्न पाएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा कालिका सशस्त्र प्रहरी गण कास्कीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अरूणकुमार शर्मा पौडेलले पूर्व प्रहरी क्लब १०२ का तर्फबाट विद्यालयका बालबालिकाहरुलाई खेलकुदमा हौसला प्रदान गर्न १२ थान जर्सी समेत हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक पौडेलले पोखरालाई पर्यटनको मात्र नभई खेलकुदको राजधानी समेत बनाउन जोड दिँदै सो सपना साकार पार्न बालबालिकाहरुलाई जर्सी हस्तान्तरण गरिएको बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले विद्यालयको भौतिक पाटोमात्र नभई शैक्षिक गुणस्तरमा समेत सबैले चासो व्यक्त गर्नुपर्ने धारणा व्यक्त गरे ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवनप्रसाद रेग्मी, जनप्रतिनिधि नन्दराम गिरी, सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराल, विद्यालय व्यवस्थापन समितिका सदस्य, चिल्ड्रेन नेपालका वरिष्ठ कार्यक्रम संयोजक शारदा शर्मा, सल्लाहकारहरु अभिभावकहरुको उपस्थिति थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सहारा क्लबका पूर्वअध्यक्ष विक्रम थकालीले सम्पूर्ण दाताहरुलाई धन्यवाद व्यक्त गरे ।









विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ महोत्सव आजसम्म
४२१० को आँखा जाँच
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया