पत्रकार सुरेन्द्रलाई ‘एक्जिटो एक्सेलेन्स अवार्ड’

काठमाडौं ।
पत्रकार सुरेन्द्र पौडेलले ‘एक्जिटो एक्सेलेन्स अवार्ड २०२४’ प्राप्त गरेका छन् । पत्रकारहरुको तर्फबाट उनले उक्त अवार्ड प्राप्त गरेका हुन् ।
अनुजा मिडिया र एक्जिटो इभेन्टले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अवार्ड प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगर लगायतले पौडेललाई अवार्ड प्रदान गरेका हुन् ।
पौडेल आर्थिक मिडिया प्रालिका अध्यक्ष तथा आर्थिक आवाज पत्रिकाका सञ्चालक हुन् । अवार्ड प्रदान गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै उनले अवार्डले आफ्नो क्षेत्रमा थस सक्रियताका साथ काम गर्न प्रेरणा मिलेको बताए ।
सामाजिक, व्यावसायिक तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पर्याउने व्यक्तिहरुलाई उक्त अवसरमा अवार्ड प्रदान गरिएको अनुजा मिडियाका सिइओ अनुजा आचार्यले जानकारी दिइन् ।
एक्जिटो इभेन्ट्सका डाइरेक्टर सफरिन सिलवालको अध्यक्षतामा कार्यक्रम भएको हो ।









विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ महोत्सव आजसम्म
४२१० को आँखा जाँच
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया