राजस्व बढाउन पोखरा १२ काे घरदैलो अभियान

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १२ ले राजस्व संकलनका लागि घरदैलो सुरू गरेको छ । पुरानोधारा, शितलादेवी, गौँडाको मुख, हस्पिटल चोक र अमरसिंह चोकका पसल र व्यवसायहरुमा राजस्व सचेतना अभियान गर्न लागेका वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।
राजस्व संकलन प्रभावकारी बनाउन र लक्ष्य भेट्टाउन घरदैलो अभियान गरिएको उनले भने ।
व्यवसाय दर्ता र नवीकरणका लागि समेत अभियानमार्फत आग्रह गरिएको वडा सचिव महेश्वर अर्यालले जानकारी दिए ।
‘चालू आर्थिक वर्षमा पोखरा महानगरपालिकाले ३ अर्ब ७२ करोड रुपैयाँ संकलनको लक्ष्य लिएको छ । यस अवधि सम्ममा कार्यालयले लगभग ५० प्रतिशतको हाराहारिमा मात्र असुल गर्न सकेको छ ।’ बास्ताेलाले भने ।
आर्थिक मन्दीका कारण पोखरामा व्यापार घटेको छ, यसको राजस्व संकलनमा प्रत्यक्ष असर परेको वडाको राजस्व शाखा प्रमुख हरिमाया वाग्लेले जानकारी दिइन् ।









विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ महोत्सव आजसम्म
४२१० को आँखा जाँच
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया