महिलालाई तालिम

पोखरा ।
पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले महिला आर्थिक रुपमा मजबुत नभएसम्म अगाडि बढन कठिन हुने औंल्याएकी छन् ।
पोखरा महानगरपालिका वडा नम्वब १५ ले आयोजना गरेको कृष्टल माला, चुरा पोते तथा फेब्रिक माला, ब्याच बनाउने तालिम समापनमा उनले महिला आयआर्यजनमा जोडिएर आर्थिक रुपमा सक्षम नभएसम्म समाजमा अगाडि आउन नसक्ने जनाइन् ।
उपप्रमुख गुरुङले नेपालका राजनीतिक परिर्वतनमा महिलाको भूमिमका महत्वपूर्ण रहेको बताउँदै गणतन्त्र स्थापनासँगै निर्माण भएको संविधानले महिलालाई धेरै अधिकार स्थापित गरेको उल्लेख गरिन् । उनले वडा कार्यालयले आफना नागरिकलाई विभिन्न तालिम प्रदान गरिहेको बताउँदै तालिम लिएका महिला व्यावसायिक बन्नुपर्नेम जोड दिए ।
तालिम लिएपछि व्यवसायी बन्दै आर्थिक रुपमा सबल र सक्षम बन्नका लागि व्यावसायिक बन्नुपर्ने उनले सुझाव दिइन् । वडा नम्बर १५ का अध्यक्ष तोरणबहादुर बानियाँले वडाका महिलाको आवश्यकता ठानेर तालिम दिएको बताउँदै तालिमबाट प्राप्त सीप र ज्ञानलाई उपयोग गरी आत्मनिर्भर बन्न आग्रह गरे ।
मानवीय विकास विना पूर्वाधार विकासले मात्रै केही नहुने बताउँदै महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन तालिम सञ्चालन गरेको उनले उल्लेख गरिन् ।
कार्यक्रममा महानगरका कार्यपालिका सदस्य मन्दिरा गौतम, पोखरा १५ का वडा सदस्य बलराम पौडेलले वडा कार्यालयले प्रदान गरेको तालिमबाट वडामा आयोजना हुने कार्यक्रमका लागि माला, ब्याच निर्माण गरेर महिला आत्मनिर्भर हुने विश्वास व्यक्त गरे ।









विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ महोत्सव आजसम्म
४२१० को आँखा जाँच
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया