शिशुवाकाे चक्रदेवी सहकारी तोडफोड

पोखरा ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. ३० शिशुवामा रहेको चक्रदेवी बचत तथा ऋण सहकारीमा मंगलबार दिउँसो तोडफोड भएको छ । दिउँसो २ बजेतिर दुर्गा प्रसाईका समर्थकले तोडफोड गरेका हुन् ।
सहकारीमा तोडफोड भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय शिशुुवाको टोलीले ९ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
अराजक समूहले सहकारीमा तोडफोडसहित कर्मचारीलाई हातपातसमेत गरेको थियो । पक्राउ पर्नेमा माछापुच्छ्रे ५ रिभानका ३६ वर्षीय प्रकाश विक, झापाको भद्रपुरका ४० वर्षीय राजीव प्रसाई, पोखरा २७ का ४२ वर्षीय गणेश शाही, सोही ठाउँका २९ वर्षीय समन विक, २७ वर्षीय सञ्जीव सुनार, ५२ वर्षीय यमबहादुर चौरेली र ४९ वर्षीय कृष्णकुमारी चौरेलीलाई प्रहरीले पक्रेको हो । रुपन्देहीका ४७ वर्षीय कमला चन्द र नवलपरासीका ४२ वर्षीय विष्णु बोहरासमेत पक्राउ गरेको प्रहरी प्रवक्ता शर्माले बताए ।
तोडफोडबाट कागजपत्र, टेलिफोन तथा इन्टरनेटको तारमा समेत क्षति पुगेको छ । बुधबार पोखराको अमरसिंह चौरमा हुने दुर्गा प्रसाईंको कार्यक्रमको प्रचारमा गएकाहरुले सहकारी तोडफोड तथा कर्मचारीलाई हातपात गरेका हुन् ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया