सम्पादकीयः लेखनाथमा शिक्षण अस्पताल

पोखरा ३० खुदीमा पोखरा विश्व विद्यालय शिक्षण अस्पताल स्थापना भएको छ । गण्डकी प्रदेश सरकारको अनुमतिमा १० करोड रुपैयाँको लागतमा अस्पताल बनेको छ । साविक लेखनाथ क्षेत्रमा सुविधा सम्पन्न सरकारी अस्पताल छैन । यस्तो अवस्थामा पोखरा विश्व विद्यालयले स्थापनाको २७ वर्षपछि १ सय शड्ढयाको अस्पताल सञ्चालन गरेको हो ।
लेखनाथ क्षेत्रमा प्रदेश अन्तर्गतको संक्रामक तथा सरुवा रोग अस्पताल छ । आयुर्वेद अस्पताल तथा आधारभूत तहको स्वास्थ्य प्रदानका लागि स्वास्थ्य चौकी छन् । पोखरा महानगर पालिका अन्तर्गतको जिल्ला स्तरको शिशुवा अस्पताल समय सापेक्ष रुपमा स्तरोन्नति नभएको अवस्थामा शिक्षण अस्पताल स्थापना हुनु स्वास्थ्य क्षेत्रको लागि सकारात्मक कदम हो ।
१९ चैत २०८०मा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले केही सर्तहरू पालना गर्ने गरी ६ महिनाका लागि अस्पताल सञ्चालन अनुमति दिएको छ । अस्पतालमा २४ सै घन्टाको सेवा छ । विशेषज्ञसहित १२ चिकित्सक र कर्मचारीको व्यवस्था अस्पतालमा छ । २ वर्षपछि ३ सय शड्ढयाको पु¥याउने लक्ष्य विश्वविद्यालयले अगाडी सारेको छ ।
शिक्षण अस्पताल विश्व विद्यालय आफै तथा लेखनाथ बासीको लागि आवश्यक थियो । विश्वविद्यालयमा २० वर्षदेखि चिकित्सा शिक्षासँग सम्बन्धित शैक्षिक कार्यक्रमहरूको लागि अनिवार्य रुपमा अस्पताल सञ्चालन गर्नु पर्ने थियो । विश्वविद्यालयमा सञ्चालित नर्सिङ, प्रयोगशाला विज्ञान, जनस्वास्थ्य, फार्मेसी लगायतका स्नातक एवं स्नातकोत्तर तहका कार्यक्रमहरुको अलवा स्थानीय समुदायसँग जोड्न र सेवा भाव प्रदान गर्न समेत अस्पताल अपरिहार्य थियो ।
शिक्षण अस्पताल विश्वविद्यालयको महत्वाकांछी योजना हो । तथापी अस्पतालले सीमा र दायरामा रहेर सेवामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने दायित्व हुन्छ । अस्पताललाई आवश्यक उपकरण, साधन तथा जनशक्तिको व्यवस्थापन गर्नुका साथै आगामी दिनमा सबैलाई समेट्ने र स्थानीयलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्नु पर्छ । विश्वविद्यालयले अनुसन्धानात्मक क्रियाकलापलाई अझ बढि केन्द्रीत गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु पर्ने हुन्छ ।
शिक्षण अस्पतालले सबैको सहज पहुँच र अपनत्व हुने गरी स्तरीय सेवा दिनु आवश्यक छ । विश्वविद्यालयले जनस्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो सेवा विस्तार गर्नुपर्ने छ । स्वास्थ्य बीमा र यस क्षेत्रका अन्य स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी विश्वविद्यालयले अस्पतालको क्षमता अभिवृद्धि गर्दै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नुका अलवा प्रदेश सरकारको समन्वय र सहकार्यमा काम गर्नु पर्छ ।
३ सय शड्ढयाको विस्तारित अस्पतालको अलवा संक्रामक तथा सरुवा रोग अस्पताल, शिशुवा अस्पताल लगायतका स्वास्थ्य निकायसँगको सहकार्यमा चिकित्साशास्त्रमा स्नातक तह (एमबिबिएस)को पढाइ सञ्चालन गर्न सके विद्यार्थी बाहिर जानु पर्ने बाध्यताको अन्त्य हुने छ । प्रदेशभरिका ११ जिल्लाको अभियानको रुपमा स्वास्थ्य सेवा, नयाँ खोज र अनुसन्धानमा लाग्न विश्वविद्यालय लाग्न पर्छ ।
तपाईको प्रतिक्रिया