विद्यार्थीलाई न्यायिक समितिबारे प्रशिक्षण

पोखरा ।
पोखरा महानगरका विद्यालय र क्याम्पसमा न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिको संबैधानिक व्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले न्यायिक समितिसँग विद्यार्थी कार्यक्रम सञ्चालन गरेको छ ।
महानगर न्यायिक समितिको सहयोगमा प्रेस क्लब गण्डकीको आयोजनामा पोखराको नदिपुरमा रहेको कन्या क्याम्पसमा अध्ययनरत छात्रालाई न्यायिक समितिको बारेमा जानकारी गराइएको हो । स्थानीय सरकारको न्यायपालिकाको रुपमा रहेको न्यायिक समितिको व्यवस्था र यस निरुपण गर्ने विवादका विषयमा सचेतना जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुुदेवी गुुरुङले बताइन् ।
उपप्रमुख गुुरुङले स्थानीय तहका विवाद स्थानीय तहबाटै समाधान गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना संविधानमा गरिएकाले नागरिकलाई यसको बारेमा जानकारी गराउन वार्षिक कार्यक्रममा समावेश गरेर सञ्चालन गरिएको उल्लेख गरिन् । नागरिकले सहज र सरल रुपमा न्याय पाउन अवस्था सृजनाहोस स्थानीय विवादहअदालतमा पुुग्नुपर्ने अवस्था नआओस् भन्नका लागि न्यायिक समितिको परिकल्पना गरिएको उनको भनाइ छ ।
‘समय र पैशाको बचतका लागि र स्थानीय विवाद मेलमिलापमार्फत समाधान गर्ने उद्देश्यले न्यायिक समितिको व्यवस्था गरिएको हो । यसका बारेमा महानगरका नागरिकले जानकारी पाउनुपर्छ भन्ने मान्यताले कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भनिन् ।
कन्या क्याम्पसका क्याम्पस प्रमुुख सुरेन्द्र मानन्धरले विद्यार्थीले कानुुनका विषयमा समेत जानकारी राख्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम सञ्चालनका लागि छनोट गरेकोमा धन्यवादा दिए । कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले न्यायिक समितिको गठन प्रक्रिया, न्यायिक समिति सदस्य रजनी परियारले अधिकार क्षेत्र र न्यायिक समितिका मेलमिलाप सहजकर्ता सोम लम्सालले मेलमिलापकर्ताको योग्यताबार प्रशिक्षण दिएका थिए ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया