मुख्यमन्त्री अधिकारीविरुद्धको रिट फेरि ‘हेर्दा हेर्दै’मा, सुनुवाइको अर्को पालो साेमबार

काठमाडौं ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्धको रिट आज बुधबार पनि ‘हेर्दा हेर्दै’मा परेको छ । सुनुवाइ नसकिएपछि मंगलबार हेर्दा हेदैमा परेको थियो । निरन्तर सुनुवाइका लागि पेसी तोकिएकोमा बुधबार पनि न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा सुनुवाइ नटुंगिएपछि फेरि हेर्दा हेर्दैमा राखिएको हो ।
अब गण्डकी प्रदेशको मुद्दा सर्वोच्च अदालतको यही इजलासले टुंग्याउने छ । साेमबारलाइ फेरि सुनुवाइको पालो परेको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो ।
यसअघि वैशाख २८ मा न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो। अल्पकालीन आदेशमा दीर्घकालीन असर पर्ने निर्णय नगर्न भनिएको थियो।
६० सांसद रहेको गण्डकी प्रदेश सभामा ३१ जनाकै बहुमतबाट मात्रै विश्वासको मत लिइनुपर्ने पूर्वमुख्यमन्त्री पाण्डेले गरेका छन् ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया