सरिबुङ पिकबाट विदेशी नागरिकसहित ५ जना गाईडको हेलि उद्दार

जोमसोम— समून्द्री सतहको (६२३५) मिटर अग्लो उचाईको सरिबुङ पिकबाट अमेरिकन नागरिकको शुक्रबार बिहान हेलि उद्दार गरिएको छ ।
सरिबुङ हिमाल आरोहण गर्ने क्रममा प्रतिकुल मौसम र हिमपातका कारण बुधबारदेखि सरिबुङ पिकमा गन्तब्य पल्याउन नसकी अलपत्र परेका ६८ वर्षीय अमेरिकन नागरिक केनेथ डीन एडराडर््ससहित ५ जना नेपाली पथप्रदर्शक गाईडको माउन्टेन एअरको हेलिकोप्टरबाट काठमान्डौं उद्दार गरिएको हो ।
सरिबुङ हिमाल आरोहरणका लागि अमेरिकन विदेशी नागरिकसहित ५ जना नेपाली पथप्रर्दशक गाईड लमजुङको बेसी सहर हुँदै मनाङको नार्चेबाट मे ४ तारिखमा मुस्ताङ प्रवेश गरेका थिए । सरिबुङ हिमाल आरोहरणका लागि जाँदै गर्दा प्रतिकुल मौसम र हिमपातका कारण अलपल परेका उनीहरु सरिबुङ पिकमै टेन्ट टाँगेर बसेका थिए ।
अमेरिकन टोलीसंगै आरोहरणमा सम्मिलित ४ जना नेपाली पथप्रर्दशक मध्ये २ जना नेपाली पथप्रर्दशक गाईड पैदल हिडेर मुस्ताङको लोघेकर दामोदरकुण्डमा पर्ने यारामा आएर ट्रेकिङ एजेन्सीलाई आफुहरु प्रतिकुल मौसम र हिमपातका कारण अलपत्र परेको सूचना दिएका थिए ।
त्यसलगत्तै ट्रेकिङ एजेन्सीको समन्वयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङले उनीहरुको उद्दारमा सहजीकरण गरेको मुस्ताङका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया