गण्डकीमा नागरिक सम्मेलन

समाधान संवाददाता २०८१ जेठ १३ गते १२:३७

पोखरा ।
गण्डकी प्रदेशलाई बिभिन्न मानकमा समृद्ध बनाउन शनिबारदेखि नागरिक सम्मेलन सुरु भएको छ । नागरिक चासोका समसामयीक १४ वटा विषयमा छलफल सुरु भएको छ । गैरसरकारी संथा महासंघ गण्डकी प्रदेशले आयोजना गरेको सो सम्मेलनमा विभिन्न नागरिक संस्थाहरुको उपस्थिति छ ।

Advertisement


२ दिने सम्मेलनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमंत्री खगराज अधिकारीले गरेका थिए । अधिकारीले नागरिकका सरोकारको सवाललाई गम्भीरता पूर्वक लिने बताए ।


नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गैरसरकारी संस्थाले उठाएका विषयहरु सबैको साझा विषय भएकाले पूरा गर्ने दायित्व आफ्नो दलको समेत रहेको विचार राखे ।

Advertisement


गैसस महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले गैरसरकारी संस्थाहरु राजनीतिक दल र राज्यकै सहयोगी भएकोले विपदको अवस्थामा अग्रपंक्तिमा समेत रहेर काम गर्ने हुँदा राज्यले विभेदपूर्ण नजरले हेर्न नहुने बताए ।


गैसस महासंघका महासचिव अर्जुन भट्टराई, मानवअधिकार एलायन्सका बिदुर सुवेदी, गण्डकीका अध्यक्ष गोपाल खड्का, कोपिला नेपालका अध्यक्ष बिना सिलवाल, गैसस महासंघ गण्डकीका महासचिव शिवप्रसाद शर्मा, नानीमाया थापा,उत्पीडित समाज सरोकार केन्द्रका धनबहादुर नेपाली लगायतका बक्ताहरुले सम्भावनाले भरिएको गण्डकी प्रदेशको विकास समृद्धिका लागि सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने खाँचो औंल्याए ।

Advertisement


सम्मेलनमा बालबालिकाको पोषणयुक्त खानेकुरामा प्रदेश सरकार सरोकावाला निकाय तथा गैरसरकारी संघसस्थाको भूमिकाबारे छलफल भएको छ । मानव अधिकारको अवस्था र गैरसरकारी संस्थाको भूमिका, बालबालिकाको कानुनी अवस्था बाल संरक्षणका लागि रणनितिक योजना बाल सहभागिता, उनिहरुको शिक्षा, स्वास्थ्य लगायतका चुनौतिहरु बारे छलफल हुनेछ ।


प्रदेशका महिलाका चुनौती, अवास, समस्या समाधानका लागि सरोकारवाला निकायको भूमिकाबारे छलफल भएको छ । धरेलु हिंसा कृषि, राजनीतिक, वैदेशिक रोजगारी, कर्मचारी मनोरञ्जन लगायत क्षेत्रमा काम गर्ने महिलाहरुको समस्या र समाधानका उपायबारे छलफल भएको छ ।

तपाईको प्रतिक्रिया