ईश्वरचन्द्रलाई गोकुल पुरस्कार

पोखरा ।
साहित्यकार, समालोचक ईश्वरचन्द्र ज्ञवालीलाई यस वर्षको गोकुल वाङ्मय पुरस्कारबाट सम्मान गरिएको छ । गण्डकी साहित्य सङ्गम पोखराले शनिबार९५ औं गोकुल जयन्तीको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा संगम अध्यक्ष भीम रानाभाट, वाम बुद्धिजीवी रामराज रेग्मी, प्राज्ञ डा कृष्णराज अधिकारीलगायतले ज्ञवालीलाई पुरस्कृत गरेका हुन् ।
पुरस्कारको राशि ४० हजार र सम्मानपत्र छ । जनकवि गोकुल जोशीको सम्मानमा स्थापना भएको यो पुरस्कार प्रगतिशील साहित्य, दर्शनशास्त्र र समालोचनाको क्षेत्रमा क्रियाशील ज्ञवालीको योगदानलाई सम्मान गर्दै प्रदान गरिएको हो । ४ दशकदेखि नेपाली वाङ्मयमा क्रियाशील ज्ञवालीको जन्म पाल्पामा भएको हो ।
कार्यक्रममा संगमकी कोषाध्यक्ष विजया सुवेदीको शब्द रहेको म्युजिक भिडियो भरिया दाइ सार्वजनिक गरिएको छ । डिबी बान्तवाको स्वर रहेको यो गीतमा काजी गाउले र डिबी वान्तवाको संगीत छ । संगमले प्रशासन गरेको मुखपत्रको २० औं अंकसमेत शनिबारै सार्वजनिक गरियो । यो अंक प्राडा रविलाल अधिकारी विशेषांकका रुपमा निकालिएको छ ।
पुरस्कृत व्यक्तित्व ज्ञवालीले जनकविको नामको पुरस्कार ऊर्जा थपिएको सुनाए । देश कठिन मोडमा हुँदा लेखक, कलाकारको दायित्व थप बढ्ने उनको भनाइ छ । संगमका सदस्य सुरज उपाध्यायले जनकवि गोकुल जोशीले आर्थिक जर्जरताले कठिन जीवनयापन गर्नुपरे पनि जनताको पक्षबाट कहिल्यै विचलित नभएको जनाए ।
यसअघि यो पुरस्कार केवलपुरे किसान, खगेन्द्र संग्रौला, गोविन्द भट्ट, श्यामप्रसाद शर्मा, रमेश विकल, निनु चापागाईं, चैतन्य, घनश्याम ढकाल, मोदनाथ प्रश्रित, हरिहर खनाल, जीवन शर्मा र डा ऋषिराज बराल सम्मानित भइसकेका छन् ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया