रोजिना जोन्टा क्लब अध्यक्ष

समाधान संवाददाता २०८१ जेठ १३ गते १३:०३

पोखरा ।

जोन्टा क्लव अफ पोखराको अध्यक्षमा रोजिना रञ्जित बिजुक्छे चयन भएकी छन् । क्लबको शुक्रबार भएको पाँचौं अधिवेशनले निवर्तमान उपाध्यक्ष बिजुक्छेको नेतृत्वमा नयाँ समिति चुनेको हो ।


क्लबको उपाध्यक्षमा नेलिसा ठकुरी केसी, सचिव सृजना कार्की भट्टराई र कोषाध्यक्षमा अनिता खड्का भट्टराई चयन भए । क्लबको निवर्तमान अध्यक्षमा मोनिका थापा कानुनीडाइरेक्टरमा वन्दना कार्की, अवार्ड एन्ड स्कलरसीप डाइरेक्टर साम्राज्ञी क्षेत्री, सेलेब्रेसन एन्ड फेलोसिप डाइरेक्टरमा सविता श्रेष्ठ, लिडरसीप र स्किल डेभलपमेन्ट डाइरेक्टरमा श्रीविद्या कायस्थ, पिआर एन्ड ग्रेटर भिजिबिलिटी डाइरेक्टरमा लीना गोशली, सर्भिस कमिटी डाइरेक्टर अञ्जना तझ्या, युएन एन्ड क्लाइमेट चेन्ज डाइरेक्टरमा निलिमा गुरुङ र जेड एन्ड गोल्डेन डाइरेक्टरमा पूजा केसी छन् ।

Advertisement


जोन्टा क्लब अफ पोखरा विश्वव्यापी जोन्टा इन्टरनेसनल अन्तर्गतकै क्लब हो । जुन १९१९ मा स्थापना भएको थियो । जोन्टा क्लबले महिलाहरूको हक र अधिकार र विभिन्न देशमा आफ्ना शाखामार्फत महिला सशक्तीकरणका लागि पहल गर्दै आएको क्लबकी नवनिर्वाचित अध्यक्ष बिजुक्छेले बताइन् ।


पोखरामा पनि यो क्लबले महिला सशक्तीकरणका लागि विभिन्न तालिम, सचेतना कार्यक्रम, र समुदायमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको उनले जानकारी दिइन् । यसको उद्देश्य महिलालाई आत्मनिर्भर बनाउन, उनीहरूको क्षमता विकास गर्न, र समाजमा समान अधिकार सुनिश्चित गर्न मद्दत पुर्‍याउनु रहेको उनको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया