पोखरामा सहकारी पीडितको प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग

समाधान संवाददाता २०८१ जेठ १३ गते १३:४७

पोखरा ।

पोखरामा विभिन्न सहकारीका पीडितहरुले प्रदर्शन गरेका छन् । सडकमा उत्रिएर प्रदर्शन गरेका उनीहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् । पोखराका विभिन्न ७ वटा सहकारी संस्थाहरुले बचतकर्ताको रकम अपचलन गरेर बन्द भएका छन् ।

सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज र बलिदानी सहकारीका वचतकर्ताले आफूहरुको रकम फिर्ता नपाएको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुको आजको प्रदर्शनको मुख्य आक्रोश गृहमन्त्री लामिछाने विरुद्ध छ ।

Advertisement

पीडितहरुले संसदमा प्रतिपक्ष दलले माग गरे जस्तै बचत रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन समेत माग गरेका छन् ।

‘जीवी राई कहाँ छ, रवि दाइलाई थाहा छ’ भन्दै नाराबाजी गरेका छन् । प्रदर्शनकारीकाे हातमा ब्यानरसहित विभिन्न नारा लेखिएका प्लेकार्ड समेत छन् ।

Advertisement

तपाईको प्रतिक्रिया