पाेखरा १७ मा ७० लाख भन्दा बढी चाेरी

समाधान संवाददाता २०८१ जेठ १३ गते १६:००

पोखरा ।
पोखरा महानगरपालिका १७ विरौटास्थित एउटा घरमा चोरी भएको छ । ६० वर्षीय लक्ष्मीकान्त शर्माको घरबाट सुनका गरगहना ३४ तोला ५५ लाल र नगद ३ लाख ७५ हजार रुपैयाँ नगद चोरी जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।

Advertisement


सोही घरमा भाडामा बस्ने सूर्यदेवी पौडेलको सुनका गरगहना २ तोला ७० लाल तथा नगद ५ हजार रुपैयाँ र अन्जु क्षेत्रीको नगद १५ हजार तथा विभिन्न जिन्सी सामानहरू समेत चोरी भएको शर्माले बताए ।


उनका अनुसार आइफाेन, क्यामेरा, ल्यापटप, आइप्याड, घडी, चरेसका थाल लगायत गरी करिब ७० लाख ८२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । लक्ष्मीकान्त बुधबार पोखरा महानगरपालिका २२ पाउदुरस्थित पुरानो घर गएको थिए । शनिबार घर फर्की आई हेर्दा चोरी भएको बताइएको छ ।

Advertisement


प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया