कानुनी सचेतना तालिम सकियो

समाधान संवाददाता २०८१ जेठ १३ गते १६:२१

पोखरा ।
भृकुटी आमा समुहको आयोजनामा भएको दुई दिने कानुनी सचेतना तालिम शनिबार सकिएको छ ।


कानुनी सम्बन्धी जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको समुहकी अध्यक्ष रमा नेपालीले जानकारी दिइन् ।


कार्यक्रम सहजीकरण पोखरा वडा नम्बर ८का सचिव सविता ढुंगाना र वकिल सीता भट्टराईले गरेका थिए ।

Advertisement


कार्यक्रमको अध्यक्षतामा वडा ८ का वडाध्यक्ष रुद्रनाथ बराल थिए । कार्यक्रममा समुहकी कोषाध्यक्ष, गौरी कोइराला, सचिव उजेलीमाया मल्ल र सह सचिव नेत्र बयलकोटी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया