कोमलनाथ र मन्जिमालाई पुरस्कार

पोखरा ।
यस वर्षको ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार कोमलनाथ बराललाई प्रदान गरिने भएको छ । पूर्वराजदूत तथा ‘द राइजिङ नेपाल’ का पूर्वसम्पादक युवनाथ लम्साल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का र पत्रकार दीपेन्द्र रावलको निर्णायक मण्डलले यो पुरस्कार राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष बराललाई प्रदान गर्ने निर्णय गरेको प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले जानकारी दिए ।
पोखरा २६ का बासिन्दा कोमलनाथले २०५६ बाट पत्रकारिता सुरुआत गरेका थिए । जनादेश साप्ताहिकका पूर्वसम्पादक बराल राससको २ कार्यकाल अध्यक्ष बनेका थिए । उनी अहिले प्रेस सेन्टर नेपाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय सल्लाहकार छन् । बरालले कृष्ण सेन ‘इच्छुक’सँग जनादेशमा सँगै कामसमेत गरेका थिए ।
यस वर्षको ‘बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार मन्जिमा ढकाललाई प्रदान गर्ने निर्णय भएको भएको छ । गोरखामा जन्मिएकी ढकाल हाल प्रेस सन्टर नेपालको गोरखापत्र शाखाको अध्यक्ष र सञ्चारिका समूह नेपालको केन्द्रीय सदस्य छिन् ।
उनका बुबा राजेन्द्रलाई विसं २०५५ मा राज्य पक्षले बेपत्ता पारेको थियो । सबै पुरस्कारको राशि जनही २५ हजार छ । पुरस्कार प्रेस सेन्टर नेपालको स्थापना दिवसमा आगामी माघ १५ गते प्रदान गरिनेछ ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया