इच्छुकको सम्झनामा सहयोग

समाधान संवाददाता २०८१ जेठ १४ गते ११:०१

पोखरा ।
पत्रकार तथा साहित्यकार कृष्णसेन इच्छुकको सम्झनामा पोखरामा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ । पोखरा १४ मझेरीपाटनमा रहेको सहिद स्मृति आवासीय माविमा रहेका विद्यार्थीलाई कापी, कलम तथा खेलकुद सामग्री प्रदान गरिएको हो ।

Advertisement


प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश, जिल्ला समन्वय समिती तथा पोखरा महानगर समितिले इच्छुकको २२ औं स्मृति दिवसमा ती सामग्री हस्तान्तण गरेका छन् । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रय सल्लाहकार तथा प्रेस स्वतन्त्रता सेनानी कोमलनाथ बरालले कृष्ण सेनको पत्रकारिता र साहित्यबाट धेरै कुरा सिक्नुपर्नेमा जोड दिए ।


अहिले त्याग र सर्मपणको भावना हराउँदै जान थालेको जनाउँदै उनले सहास र आँटका गाथा सुन्न र भावी पुस्तालाई सुनाउन आवश्यक रहेको बरालले जनाए । नेकपा माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले कृष्ण सेनलाई तत्कालीन शाही शासनले समाचार लेखेकै कारण अमानवीय तवरले हत्या गरेको उल्लेख गरे ।

Advertisement


कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कृष्ण थापाले कृष्ण सेन जस्ताको बलिदानबाट देशमा गणतन्त्र स्थापना भएको उल्लेख गरे । थापाले व्यक्तिगत रुपमा केही शैक्षिक तथा खेलकुद सामग्रीसमेत विद्यालयलाई प्रदान गरे ।


प्रेस सेन्टर नेपालका केन्दीय सचिव माधव पनेरुले सेनका सिपाही हुन पाउँदा गर्व बोध गर्दै जिम्मेवारीमा लाग्नुपर्ने विचार राखे ।

Advertisement

कार्यक्रममा प्रेस सेन्टर नेपालमा प्रदेश समिति अध्यक्ष अर्जुन काफ्ले, प्रेस सेन्टर पोखरा महानगरपालिका कमिटी अध्यक्ष शिवराज बस्ताकोटी, जिल्ला अध्यक्ष कृष्ण दबाडी, केन्द्रीय सदस्य सन्देश श्रेष्ठ लगायतले बोलेका । प्रेस सेन्टरले ६० हजार बराबरका सामग्री विद्यालयलाई प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया