हिलसाइड माविमा बुद्धिचाल

समाधान संवाददाता २०८१ जेठ १४ गते १५:३०

पोखरा ।
पोखराको हिलसाइड अंग्रेजी माध्यमिक विद्यालयमा खुला तथा अन्तरसदनात्मक बुद्धिचाल प्रतियोगिता भएको छ । १ सय ५० विद्यार्थी सहभागी प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अन्तरसदनात्मक रूपमा सञ्चालन गरिएको थियो ।

Advertisement


कक्षा ४ र ५ लाई कक्षागत खुला प्रतिस्पर्धामा सहभागी गराइएको थियो । अन्तरसदनात्मक प्रतियोगितातर्फ रातो सदनबाट सहभागी भएका रिदम पौडेलले प्रथम स्थान हात पारेका थिए भने हरियो सदनबाट सहभागी भएका केशव थापा द्वितीय बने । तृतीय स्थान नीलो सदनबाट रियान अधिकारीले जिते ।


खुला रूपमा आयोजित कक्षा ४ र ५ तर्फ कक्षा ४ मा सौगात पौडेल प्रथम भएका थिए भने सुशान्त पराजुली द्वितीय ठहरिए । कक्षा ५ मा सायना गौचनले प्रथम स्थान हात पारेकी थिइन् भने एल्भिन सुवेदी द्वितीय बने । शिक्षक नारायण भण्डारीको संयोजकत्वमा कार्यक्रम भएको हो ।

तपाईको प्रतिक्रिया