पाैडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु
समाधान संवाददाता
२०८१ जेठ १४ गते १६:४१

पोखरा ।
मर्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर आइतबार दिउँसो एक जनाको मृत्यु भएको छ । माछापुच्छ्रे गाउँपालिका ५ रिभान आनन्दठाँटीका ४९ वर्षीय शिवबहादुर थापा मगरको मृत्यु भएको हो ।
अस्थायी प्रहरी पोष्ट भेडाबारीबाट खटिएको टोलीले स्थानीयको सहयोगमा खोलाबाट शव बाहिर निकालेर पोष्टमार्टमका लागि पोखरा ल्याइएको कास्की प्रहरीले बताएको छ ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित








६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ महोत्सव आजसम्म
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया