कन्या क्याम्पसमा झोला तथा गुडिया बनाउने तालिम

समाधान संवाददाता २०८१ जेठ १५ गते १५:००

पोखरा ।
कन्या क्याम्पस पोखरामा झोला तथा गुडिया बनाउने तालिम सोमबार सुरु भएको छ । तालिम १ महिना चल्ने छ ।

Advertisement


क्याम्पस व्यवस्थापन समितिका कावा अध्यक्ष कृष्णमोहन श्रेष्ठले कार्यक्रम उद्घाटन गर्दै तालिम पूर्ण गर्ने सहभागीहरुलाई रोजगारमा लाग्न चाहेमा क्याम्पसले आवश्यक संयोजन गर्ने बताए । क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले छात्राहरुलाई रोजगारी प्रदान गर्न तालिम आयोजना गरिएको बताए ।


कार्यक्रमका साझेदार संस्था पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले किताबी ज्ञानमा मात्र अध्ययन सीमित नगरी प्राविधिक ज्ञान आवश्यक रहेको बताए ।

Advertisement

अर्को साझेदार संस्था विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्र प्रालिका सञ्चालक सविता श्रेष्ठले महिला सीप विकासबाट नै सक्षमता अभिवृद्धि हुने भएकाले प्राविधिक सीप लिन आवश्यक रहेको बताइन् ।


तालिम पश्चात छात्राहरुलाई कच्चा सामग्री उपलब्ध गराउनुका साथै तयारी सामग्री बिक्रीका लागि पनि समन्वय गर्ने बताए । कन्या क्याम्पस प्राध्यापक संघका सभापति डा. भूमिराज बस्ताकोटीले युवाहरु विदेश पलायन हुँदा देशमा गम्भीर समस्या आउने हुँदा स्वरोजगारका लागि यस्तो तालिम आवश्यक रहेको बताउदै महानगरलाई थप सहयोग बढाउन अनुरोध गरे ।

Advertisement

छात्रा कल्याण समितिका संयोजक ऐश्वर्या श्रेष्ठले छात्राहरुलाई अध्यापन सहित व्यावसायिक तालिम पनि आयोजना गरेकोमा आयोजक संस्थाहरुलाई धन्यवाद व्यक्त गरिन् ।

क्याम्पसका सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त तालिममा २० जना छात्राहरुको सहभागिता छ ।

तपाईको प्रतिक्रिया