सार्दीखोलामा ५३ युनिट रगत संकलन
समाधान संवाददाता
२०८१ जेठ १५ गते १६:३२

पोखरा ।
गणतन्त्र दिवसको अवसरमा मंगलबार माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ स्थित सार्दीखोला बचत तथा ऋण सहकारी संस्थामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा ५३ युनिट रगत संकलन गरी प्रादेशिक रक्तसञ्चार सेवा पोखरालाई हस्तान्तरण गरिएको थियो । सार्दीखोला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको कार्यक्रमको उद्घाटन माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गणेश आचार्यले गरे ।
आचार्यले रगतको अभावमा देशभरका कुनै पनि व्यक्तिको निधन नहोस भन्ने हेतुले कार्यक्रम आयोजना गरेकोमा संस्थालाई धन्यवाद दिए ।
कार्यक्रमको उद्घाटन सत्र संस्थाका सचिव रामप्रसाद आचार्यले सञ्चालन गरेका थिए । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सर्वजित गुरुङले गरेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया