खानेपानी चुहावट रोक्न तालिम

पोखरा ।
नेपाल खानेपानी संस्थान पोखराले पानी चुहावट पत्ता लगाउने र मर्मत गर्ने तालिमलाई निरन्तरता दिएको छ । जापान सरकार जापानी सहयोग संस्था जाइकाको प्राविधिक सहयोगमा भएको तालिम पश्चात संस्थानले शाखामा कार्यरत सबै तहका प्राविधिक कर्मचारीलाई निरन्तर तालिम प्रदान गरेको हो ।
मंगलबारको तालिमका मुख्य प्रशिक्षक नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख ई. आशीष कार्कीले तालिमबाट सिकेको सिपलाई फिल्डमा सदुपयोग गर्न सहभागी कर्मचारीलाई निर्देशन दिए ।
पोखराको भूवनोट र पानीको पाइपलाइन विस्तार जमिनभित्र हुने भएकाले पानी लिक हुँदा पत्ता लगाउन लाग्ने धेरै समय अब उपकरणसहितको टोलीलाई सहज भएको प्रमुख कार्कीको भनाई थियो ।
कार्यालय प्रमुख कार्कीले लिसनिङ स्टिक, वाटर लिंक डिटेक्टर र कोरिलेटर टाइप वाटर लिंक डिटेक्टर प्रविधिको माध्यमबाट ग्राउन्ड वाटर लिंक पत्ता लगाउन सहज हुने बताए ।
प्रमुख कार्कीले प्रविधि युक्त मेसिनको माध्यमबाट लिक मर्मत कार्यलाई थप सजिलो बनाउने भएकाले हालको अवस्थाको पानी चुहावटलाई नियन्त्रण गर्न सकिने बताए ।
तालिमलाई सब–इन्जिनियर सुरेन्द्र साहले सहजीकरण गरेका थिए भने पोखरा शाखा पार्दी र विन्ध्यवासिनी इकाई कार्यालयमा कार्यरत कर्मचारीको सहभागिता थियो ।
तालिममा पोखरा शाखामा कार्यरत कर्मचारी लक्ष्मण पराजुली, बेदप्रसाद शर्मा, ज्ञानु अधिकारी, अशोक सापकोटा, माधव केसी, हरि थापा, मोहन केसी, शिव पौडेल, बिनोद नेपाली, लिलानाथ गौतम, सूर्य अधिकारी, लक्ष्मण श्रेष्ठ लगायत कर्मचारीको सहभागीता रहेको नेपाल खानेपानी संस्थान पोखरा शाखाले जनाएको छ ।
तालिमले पोखरा शाखा अन्तर्गत विस्तार भएको पाईप लाईनमा भएको र हुने लिक तथा पानी चुहावटलाई प्रभावकारी मर्मत गर्न थप टेवा पुग्ने तालिममा सहभागीले जनाएका छन् ।
तालिममा पानी परीक्षण तालिमसमेत भएको छ । संस्थानले उत्पादन गरेको पानी ल्यावमा निरन्तर परीक्षण गरिने जनाएको छ ।
पानी परीक्षण तालिममा सहभागी कर्मचारीले पानीको धमिलो पाना, पिएच, पानीको वहाव क्षमता तथा पिउनयोग्य सहज तरिकाले पत्ता लगाउने ज्ञान भए पनि प्राक्टिकल्ली नभएको अवस्थामा ढुक्क नहुँदा तालिम पछि उपभोक्तालाई स्वच्छ पिउने पानी वितरण गर्न सहज भएको बताएका थिए ।
नेपाल खानेपानी संस्थानले उपभोक्ताको हितमा स्वच्छ पिउने पानी वितरण गर्न निरन्तर प्रयास गरिरहेको जनाएको छ ।









राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ जन्मजयन्ती मनाइँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया