सिक्लेसमा पशु स्वास्थ्य शिविर

पोखरा ।
नेपाल निजामती कर्मचारी युनियन कास्की र नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) कास्कीको संयुक्त आयोजनामा पशु स्वास्थ्य शिविर तथा निशुल्क औषधी वितरण मादी गाउँपालिका वडा नम्बर १ सिक्लेस कास्कीमा सम्पन्न भएको छ ।
गणतन्त्र दिवसको अवसर पारेर मंगलबार सञ्चालन गरिएको सो कार्यक्रममा सिक्लेसमा रहेका करिब २ सय जना किसानका २ हजार पशुपन्छीलाई २ लाख बराबरको औषधी निशुल्क वितरण गरिएको नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।
नेपाली कांग्रेस कास्कीका सभापति किशोदत्त बरालले किसानका लागि यस्ता कार्यक्रम निकै प्रभावकारी हुने गरेको बताए । उनले किसानका निम्ति कृषि र पशुधनको व्यावसायिक फार्मिङका लागि काम गर्न आवश्यक रहेको बताए ।
कास्कीका किसानहरुको आवश्यकतालाई मध्यनजर गर्दै यस खालका कार्यक्रमहरु संचालन गर्दै आएको नेल्टा कास्कीका अध्यक्ष वसन्तराज कोइरालाले बताए । भोलिका दिनमा समेत किसानहरुको स्तरान्नति हुने कार्यक्रम ल्याउने उनको प्रतिबद्धता थियो ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सदस्य एवं प्रचार प्रमुख रमेश पौडेल, नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँवर, सचिव देवेन्द्र रानाभाट, सहसचिवद्वय नवीन सिग्देल र शंकर ढुंगाना, सदस्य सुरेन्द्र ढुंगाना लगायत निजामती युनियन कास्की र नेल्टा कास्कीका कर्मचारीहरु एवं सिक्लेसका प्रतिनिधिहरुको सहभागिता थियो ।
नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद मन्तव्य युनियन कास्कीका सचिव सुमन शर्माले गरेका थिए ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया