पाेखरामा मोटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु

समाधान संवाददाता २०८१ जेठ १६ गते १४:२६

पोखरा ।
पोखरामा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागलुङका अन्दाजी ४१ वर्षीय गणेश आचार्यको मृत्यु भएको हो ।

Advertisement

बागलुङ बसपार्कबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको बा ४८ प ९५७९ नम्बरको मोटरसाइकल पिर्केपुल नजिक सडकको बीच भाग रहेको डिभाइडरमा अनियन्त्रित भई ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाइते भएका आचार्यको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

Advertisement

दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया