पोखरा २९ मा महिला वत्तृत्वकला प्रतियोगिता

समाधान संवाददाता २०८१ जेठ १६ गते १६:०६

पोखरा ।
गणतन्त्र दिवसको अवसर पारेर पोखरा महानगरपालिका वडा नम्बर २९ को आयोजना र सामाजिक विकास महाशाखाको सहयोगमा महिला वत्तृत्वकला प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । गणतन्त्र स्थापनापछि महिलाको अवस्था विषयक वत्तृत्वकला प्रतियोगितामा २० जना सहभागी थिए ।

Advertisement


प्रतियोगितामा शोभा वलीले प्रथम स्थान हासिल गरेकी छन् । प्रतियोगितामा दोस्रो स्थान सुजा गुरुङले हाँसिल गरिन् । तेस्रो स्थान दुर्गा रोक्का नेपालीले हासिल गरिन् । सुशीला कुँवर र सुष्मा सुर्खालीले चौथो स्थान हासिल गरेका थिए ।


वडा नम्बर २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले कार्यक्रम उदघाटन गरेका थिए । कार्यक्रम सञ्चालन कर्मचारी त्रिलोचन लामिछानेले गरेका थिए ।

Advertisement

प्रतियोगिता सञ्चालन दीपशिखा सामुदायिक पुस्तकालयका कार्यसमिति सदस्य विष्णुहरि पौडेल, जनप्रकाश माविका व्यवस्थापन समितिका अध्यक्ष बाबुराम सुवेदी र वडा सचिव दुर्गा न्यौपाने निर्णायक थिए ।


महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम अन्तर्गत वडा नम्बर २९ मा बसोवास गरिरहेका महिलाहरुको प्रतियोगिता सम्पन्न गरिएको कार्यक्रम संयोजक एवं कार्यपालिका सदस्य निर्मला पौडेलले जानकारी दिइन् ।

Advertisement

विजयी प्रतिस्पर्धीहरुलाई कार्यक्रम संयोजक निर्मला पौडेलले पुरस्कार वितरण गर्दै कार्यक्रमहरुमा उत्साहजनक उपस्थितिका लागि धन्यवाद ज्ञापन गरेकी थिइन् ।

जनप्रतिनिधि कालिदास पोखरेलले शुभकामना दिँदै यस प्रकारको कार्यक्रमले महिलाहरुको बोल्ने क्षमताको विकास हुने विश्वास व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया